site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालको पासपोर्ट उत्तर कोरियाको भन्दा कमजोर ! अन्तिम ९ मा 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

सीएनएन । रुसको सैन्य आक्रमण सुरु भएदेखि सबैतिर युक्रेनियन शरणार्थीहरुका लागि ढोका खुलाइएको छ जसले विश्वव्यापी भ्रमणको स्वतन्त्रतामा पनि प्रभाव पारिरहेको देखिएको छ । यसबीच हालै सार्वजनिक संसारका सर्वाधिक शक्तिशाली तथा कमजोर पासपोर्टहरुको नयाँ सूचीमा नेपाल फेरि पनि अन्तिम दशमा परेको छ । 

‘हेन्लेज पासपोर्ट इन्डेक्स’ ले अन्तर्राष्ट्रिय यातायात संघले प्रदान गर्ने डाटाका आधारमा २००६ देखि नै सबैभन्दा यात्रा–मैत्री पासपोर्टबारे नियमित अध्ययन गरिरहेको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

फर्मले संकलन गरेको डाटामा धेरै देशले अहिले आफ्ना प्रवेश नीतिहरुमा परिवर्तन ल्याइरहेको पाइएको छ भने कतिले युक्रेनियनहरुका लागि भिसाको आवश्यकता नै हटाइदिएका छन् । यस्तोमा युक्रेन अहिले सूचीमा केही माथि आएको छ ।

उता अमेरिका र युरोपले रुसमाथि प्रतिबन्ध लगाएको हुँदा रुसी नागरिकहरुलाई भिसा दिन निषेध गरिएको छ । तरपनि यसले सूचीमा रुसको स्थानमा अहिले नै उल्लेखनीय असर पारिसकेको छैन । आगामी महिनाहरुमा चाहिँ अवस्य पनि यसको ठूलो प्रभाव देखा पर्ने अनुमान छ । हाल रुसले ११७ गन्तव्यमा बिना भिसा यात्रा गर्न पाउँछ । 

Royal Enfield Island Ad

यसमा शीर्ष स्थानमा जापान र सिंगापुर रहेका छन् । यी दुई देशको पासपोर्ट हुनेहरुले विश्वका १९२ गन्तव्यमा बिना भिसा यात्रा गर्न सक्छन् । यसपछि दोस्रो स्थानमा जर्मनी र दक्षिण कोरिया रहेका छन् जसले पनि १९० गन्तव्यका लागि भिसा नलिइ भ्रमण गर्न पाउँछन् । यता अमेरिका चाहिँ बेल्जियम, नर्वे, स्वीट्जरल्यान्ड, न्युजिल्यान्डसँगै छैठौँ स्थानमा छ । यिनीहरुले १८६ गन्तव्यमा भिजा–फ्रि तरिकाले यात्रा गर्न पाउँछन् । 

यता सूचीको सबैभन्दा अन्त्यमा पर्ने कमजोर पासपोर्टहरुमा चाहिँ नेपाल पनि अन्तिम नौ मा पर्दछ । नेपाल १०६ औँ स्थानमा रहेको छ । नेपाली पासपोर्ट हुनेहरुले केबल ३७ गन्तव्यमा मात्र बिना भिसा यात्रा गर्न सक्छन् । यो भनेको उत्तर कोरिया भन्दा थोरै हुन्छ जसको अर्थ नेपालको पासपोर्ट उत्तर कोरियाको भन्दा कमजोर अवस्थामा छ । उत्तर कोरियाली पासपोर्ट हुनेहरुले ३९ गन्तव्यमा भिसा–फ्रि यात्रा गर्न पाउँछन् । 

नेपाल भन्दा पछाडि हुने मुलुकहरुमा १०७ औँ स्थानमा सोमालिया, त्यसपछि यमन, पाकिस्तान, सिरिया, इराक र अन्त्यमा अफगानिस्तान रहेका छन् । 

२०१९ मा नेपाल १०४ औँ स्थानमा लिबिया भन्दा तल थियो जसबेला ३८ मुलुकमा बिना भिसा यात्रा गर्न पाउँथ्यो । एक दशक अगाडि २०१० मा चाहिँ नेपाल ८८ औँ स्थानमा थियो । त्यस्तै २००६ मा ७६ औँमा रहेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २७, २०७८  ०६:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro