site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फिनल्यान्ड र स्विडेन नेटो प्रवेश गरे रुसले के गर्छ ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

लन्डन । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले यदि फिनल्यान्ड र स्विडेनले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) प्रवेश गरेको खण्डमा रुसले आफ्नै तरिकाले 'परिस्थितिलाई फेरि सन्तुलन' गर्नुपर्ने अवस्था आउने बताएका छन् ।

मस्कोले युक्रेनलाई नेटोमा प्रवेश नगराउन नै त्यहाँ आक्रमण गरेको हो । त्यसैले पनि फिनल्यान्ड र स्विडेनले अमेरिकी नेतृत्वमा रहेको नेटोमा प्रवेश गर्नु अघि सोच्नुपर्ने भएको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

पेस्कोभले बेलायतको स्काई न्युजलाई भनेका छन्, "यदि यी दुई मुलुक नेटोमा प्रवेश गरेको खण्डमा हामीले आफ्नो सुरक्षा सुनिश्चितताका लागि पश्चिमी सीमाना थप सुदृढ बनाउनुपर्ने हुन्छ । हुन त रुसले यस्तो कदमलाई आणविक हतितयार नै प्रयोग गर्नुपर्ने किसिमले अस्तित्वकै लागि खतराको रूपमा हेर्दैन ।"

गत २४ फ्रेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरे यता हजारौँ सर्वसाधारण र सेनाको ज्यान जानुका साथै थुप्रै सहर र वस्तीहरू ध्वस्त भइसकेका छन् । 

Royal Enfield Island Ad

फिनल्यान्ड र स्विडेनलाई स्वागत छ : नेटो प्रमुख 
नेटोका महासचिव जेन्स स्टोल्टेनवर्गले यदि फिनल्यान्ड र स्विडेनले आफ्नो सैनिक गठबन्धनमा आबद्ध हुन आवेदन दिएका खण्डमा तिनीहरूलाई तत्कालै अँगालो मारेर स्वागत गरिने बताएका छन् । अहिले रुसले युक्रेनमाथि आक्रमण गरिरहेको देखेर फिनल्यान्ड र स्विडेनका जनताले नेटोको सदस्यता लिन समर्थन गरेका छन् । 

गत महिना फिनिस प्रसारणकर्ता वाईएलईले गरेको सर्वेक्षणले ५० प्रतिशत भन्दा बढी फिनिस नागरिक नेटो प्रवेशको समर्थनमा रहेको देखाएको छ । छिमेकी मुलुक स्विडेनको जनमत पनि त्यत्तिकै सकारात्मक रहेको सर्वेक्षणले जनाएको छ । युक्रेनमा आक्रमण गर्नु अघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ३० सदस्यीय सैनिक संस्था नेटोलाई सैनिक विस्तार नगर्न र रुसको सीमा क्षेत्रहरूबाट फौज फिर्ता लग्न आह्वान गरेका थिए । 

रोयटर्सबाट ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २६, २०७८  ०४:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro