बेइजिङ । चीनले अमेरिकी प्रतिनिधिसभाकी सभामुखले ताइवान भ्रमण गरे कडा कदम चाल्ने चेतावनी दिएको छ । अर्को हप्ता सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गर्ने भनी विभिन्न सार्वजनिक भइरहेका बेला चीनले बिहीबार भ्रमणले चीन–अमेरिका सम्बन्धमा अत्यन्त खराब असर पार्ने चेतावनी दिएको छ ।
प्रजातान्त्रिक रूपमा शासित ताइवानलाई चीनले आफ्नै क्षेत्र मान्छ । विशेषगरी ताइवानलाई सैन्य र राजनीतिक रूपमा अमेरिकाले दिएको समर्थन दुई देशबीचको सम्बन्धमा घर्षणको स्रोत बन्दै आएको छ ।
सम्भावित भ्रमणबारे पेलोसीको कार्यालय वा ताइवान सरकारले पुष्टि गरेको छैन । तर, केही जापानी र ताइवानी मिडियाले यसै साता जापान भ्रमणपछि ताइवान भ्रमण गर्ने जनाएका छन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले अमेरिका र ताइवानबीच हुने सबै प्रकारका आधिकारिक÷औपचारिक अन्तरक्रियाको बेइजिङले दृढतापूर्वक विरोध गर्ने बताए ।
“वासिङ्टनले यो यात्रा रद्द गर्नुपर्छ,” उनले भने , “यदि अमेरिकाले आफ्नै तरिकामा जोड दिए चीनले राष्ट्रिय सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्न कडा कदम चाल्नेछ । यसबाट उत्पन्न हुने सबै सम्भावित परिणाम पूर्णतया अमेरिकी पक्षले वहन गर्नेछ ।”
झाओले यसबारे थप विवरण भने दिएनन् ।
रोयटर्सबाट ।