काठमाडौं । शाओमीले रेडमि नोट ११ एस् र रेडमी नोट ११ प्रो ५जी नेपालमा सार्वजनिक गरेको छ । हरेक वर्ष नयाँँ प्रविधि र फिचरहरू भएको फोन ल्याउन अगाडि रहेको शाओमीले अपग्रेडसहित नयाँ फोनहरू बजारमा ल्याएको जनाएको छ । शाओमीले यी फोनहरूको क्यामरा सिस्टम, चार्जिङ स्पिड, डिस्प्ले, र एस ओ सि मा उल्लेखनीय सुधार गरेर फ्ल्यागसिप फोनको उपलब्धतालाई झनै सहज बनाएको शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित पंडाले भने ।
रेडमी नोट ११ एस पोलार ह्वाइट, होराइजन ब्लु, र स्पेस ब्ल्याकमा र रेडमि नोट ११ प्रो ५जी ग्रेफाइट ग्रे, पोलर ह्वाइट र एट्लान्टिक ब्लुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
यी दुइवटै फोनहरू ६ जीबी+१२८ जीबी र ८जीबी + १२८जीबीको स्टोरज रहेको जनाइएको छ ।
रेडमी नोट ११ एस जीबी+१२८ जिबिको ३० हजार, ८जीबी+ १२८ को ३२ हजार र रेडमी नोट ११ प्रो ५ जीको ६जीबी+१२८ जीबी भएको ३७ हजार र ८जीबी+ १२८जीबी भएको स्मार्ट फोनको मूल्य ४० हजार रहेको कम्पनीले जनाएको छ ।