site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विप्लवको पार्टी : निर्वाचनमा भाग नलिने, ‘देशभक्त’लाई सघाउने
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थानीय तह निर्वाचनमा भाग नलिने भएको छ । गएको सोमबार कपिलवस्तुमा सम्पन्न केन्द्रीय कमिटीको बैठकमा महासचिव विप्लवले राखेको स्थानीय निर्वाचनमा भाग लिने प्रस्ताव अल्पमतमा परेको थियो । त्योसँगै पार्टी निर्वाचनमा सहभागी नहुने भएको हो ।

निर्वाचनमा भाग नलिए पनि पार्टीले बहिष्कार भने नगर्ने भएको छ । विप्लव नेतृत्वको पार्टी निर्वाचन आयोगमा दर्ता समेत छैन ।

पार्टीले निर्वाचनमा भाग नलिने तर एमसीसीविरोधी, राष्ट्रवादी, देशभक्त उमेदवारलाई सहयोग गर्न सक्ने नेता धर्मेन्द्र बास्तोलाले जानकारी दिए । उनका अनुसार स्थानीयस्तरमा पार्टीका नेता–कार्यकर्ताले स्वतन्त्र समेत उमेदवारी दिन सक्नेछन् । उमेदवारी दिए पार्टीले अनुशासनको कारबाही गर्ने छैन ।

Prabhu Bank
Agni Group
NIC Asia

बास्तोलाले बाह्रखरीसँग भने, “हामी निर्वाचनमा पार्टीगत रूपमा जाँदैनौँ । तर, एमाले, माओवादी वा अन्य जुन दल भए पनि देशभक्त, एमसीसीविरोधी उमेदवार छन् भने स्थानीयस्तरमा नेता–कार्यकर्ताले सहयोग गर्न सक्नेछन् । त्यसका लागि जिल्ला, स्थानीय तहले नै निर्णय गर्छन् । हामी मूलतः चुनावको भन्डाफोरकै नीति लिएर अगाडि बढ्छौँ ।”

उनले आफूहरूको पार्टीसँग कुनै दलले निर्वाचनमा सहयोग वा सहकार्यको प्रस्ताव नराखेको पनि बताए ।

Global Ime bank

निर्वाचनमा माओवादी केन्द्रलाई सहयोग गर्ने सम्भावना कति छ भन्ने प्रश्नमा बास्तोलाले भने, “हाम्रो नजरमा माओवादी, एमाले, कांग्रेसलगायत दल एकै हुन् । उनीहरूमध्ये कोही संसदीय व्यवस्था फाल्छौँ, भित्र र बाहिरबाट लडौँ भन्छन् भने त्यसमा सहकार्य हुनसक्छ ।”

पछिल्लो समय पार्टीमा विप्लव र बास्तोलाबीच विवाद बढ्दै गएको थियो । विप्लवले निर्वाचनमा जाने लाइन लिएपछि बास्तोलासहित नेता हेमन्तप्रकाश ओली विरोधमा उत्रिएका थिए ।

विप्लव र आफूबीच कुनै टकराव नभएको र केन्द्रीय कमिटीमा गम्भीर ढंगले छलफल भएको नेता बास्तोलाले बताए ।

कपिलवस्तुमा सो पार्टीले केन्द्रीय कमिटी बैठक १२ दिनसम्म चलेको थियो । बैठकमा विप्लवले जनताको चाहना बुझ्नका लागि स्थानीय निर्वाचनमा भाग लिनुपर्ने लिखित प्रस्ताव पस गरेका थिए । उनको प्रस्तावका विरुद्धमा बहुमत देखिएपछि पार्टीले निर्वाचनबारे मध्यमार्गी बाटो अपनाएको हो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १६, २०७८  ११:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement