site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गैरआवासीय नेपाली संघ टुक्रिएको हो ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को यसै साता काठमाडौंमा छुट्टाछुट्टै दुई अधिवेशन सम्पन्न भए । कुमार पन्त अध्यक्ष भएको अन्तर्राष्ट्रिय परिषद्ले १०औँ विश्व सम्मेलन शनिबार र आइतबार राजधानीमा गर्‍यो भने संघका पूर्वअध्यक्ष शेष घलेले नेतृत्व गरेको समूहले बिहीबार नयाँ कार्यसमिति घोषणा गर्‍यो । 

कुमार पन्त नेतृत्वको अन्तर्राष्ट्रिय परिषद्ले आयोजना गरेको विश्व सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् भने समापन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए । 

यस्तै, संस्थापनले आयोजना गरेको विश्व सम्मेलनमा परराष्ट्रमन्त्री, गृहमन्त्री, प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरू, कांग्रेसका उपसभापति, महामन्त्रीसहितका नेता सहभागी थिए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

यता, शेष घले समूहको सम्मेलन अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गरेका थिए । घले समूहले विनोद कुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा गरेको छ भने संघको विश्व सम्मेलनले एकपटकका लागि मात्रै भन्दै तीनजना अध्यक्ष चयन गरेको छ । 

संघले विधान संशोधन गरेर एक कार्यकालका लागि कुल आचार्य, रविना थापा र डा. बद्री केसीको अध्यक्षतामा सर्वसम्मतले नयाँ कार्यसमिति चयन गर्‍यो । 

Royal Enfield Island Ad

महाधिवेशन प्रतिनिधिले संघका पूर्वअध्यक्षलाई सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गर्ने अधिकार दिएका थिए । 

आचार्य, थापा र केसीले एक कार्यकालका लागि तीनैजनाको अध्यक्षतामा संघलाई अगाडि बढाउने सहमति विश्व सम्मेलनअघि गरेका थिए । सोहीअनुरूप तीनैजनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भयो । 

अब प्रश्न आउँछ, संघ टुक्रिएको हो त ?

दुवै कार्यसमितिका अध्यक्ष संघ टुक्रियो भन्नेमा सहमत छैनन् । तर, दुवै पक्षले एक/अर्कालाई विधानअनुरूप नभएको आरोप लगाइरहेका छन् । 

नवनिर्वाचित अध्यक्ष कुल आचार्य संघ टुक्रिएको भन्न नमिल्ने बताउँछन् । “यसलाई टुक्रिएको भन्न मिल्दैन । केही असहज परिस्थितिमा तलमाथि भएकै हो । तर, हामीलाई आसा छ, संघ एकताबद्ध भएर नै अगाडि जान्छ,” उनले बाह्रखरीसँग भने । 

उनले छुट्टै समिति बनाउनेहरूसँग एकता हुनेमा पनि विश्वास व्यक्त गरे ।

यता, शेष घले समूहबाट अध्यक्ष चयन भएका विनोद कुँवर पनि कार्यगत एकता हुनसक्ने बताउँछन् । तर, विधानसम्मत रूपमा आफूहरू नै आधिकारिक भएको उनले बताए । 

“संघ टुक्रिएको छैन । तर, संघका संस्थापकले नै विधि विधानको पालना नगराएर संघलाई भंग गराउनुभयो,” उनले बाह्रखरीसँग भने । 

संघको विधि विधानविपरीत टीका लगाएर पद दिने काम संस्थापकले गरेको उनको आरोप छ । “संघलाई संस्थापकले नै भंग गराए । उहाँहरूले नै बनाएको विधि विधानलाई आफैले लत्याउनुभयो,” उनले भने ।

तीनजनालाई अध्यक्ष बनाउनमा राजनीतिक दलका नेताहरूको  हात भएकोसमेत उनले बताए । 

“राजनीति दलहरूले नै तीनजना अध्यक्ष बनाएका हुन् । एनआरएनमा सरकार हाबी हुनुपर्छ, राजनीतिक दल हाबी हुनुहुन्न भन्ने हाम्रो भनाइ हो । तर सरकारभन्दा राजनीति दल हाबी भए । उनीहरूले नै तीनजना अध्यक्ष बनाएका हुन्,” उनले भने । 

यद्यपि अझै कार्यगत एकताको पक्षमा आफूहरू रहेको समेत उनले बताए । “हामी फुटाउनेमा छैनौँ । कार्यगत एकताका साथ जान्छ भने हामी एक ठाउँमा हुन्छौँ,” उनले भने । 

आचार्य, थापा र केसी नेतृत्वको नयाँ कार्यसमिति विधानअनुसार नभएको उनले दाबी गरे । कुँवरकाअनुसार आचार्यले विमति जनाएका छन् । आचार्यले भने, “विधानअनुसार भयो/भएन भन्ने पाटो डकुमेन्ट, अधिवेशनमा भएको उपस्थिति र संस्थागत रूपमा कसरी अगाडि बढेको छ भन्ने विषयले अधिकार तय गर्छ ।” 

उनले आफूहरू समायोजनाको पक्षमा भएकाले नकारात्मक रूपमा अगाडि बढ्न नचाहेको उनले बताए । 

पूर्वराजदूतसमेत रहेका एनआरएनए संस्थापकमध्येका एक भीम उदास संघमा भएको विवाद राम्रो नभएको बताउँछन् । “अहिलेको विवादका कारण संघ फुटेको देखियो,” उनले बाह्रखरीसँग भने, “तर, सरकारले यसलाई (आचार्य, थापा र केसी नेतृत्वलाई) नै मान्यता दिने देखिन्छ । एउटालाई मात्रै सरकारले रिकग्नाइज गर्छ । विवाद भयो । तर यो राम्रो भएन,” उनले भने । 

कुँवरको नयाँ कार्यसमितिले परराष्ट्र मन्त्रालयमा नयाँ कार्यसमिति दर्ता गराइसकेको छ । तर, सरकारले उनीहरूलाई मान्यता दिएको छैन । जसले सरकारले आचार्य, थापा र केसीको नेतृत्वलाई मान्यता दिने देखिन्छ । 

यसको पुष्टि १०औँ विश्व सम्मेलनको उद्घाटन र समापन कार्यक्रममा सरकार, दलका नेताको उपस्थितिले गर्छ । समापन कार्यक्रममा नेकपा एमालेका नेता अध्यक्ष सुवाष नेम्वाङले संघको विषयमा सबै राजनीतिक दल एकै ठाउँमा रहेको बताए । उनले संघलाई एक ढिक्का बनाएको भन्दै संघका संस्थापक एवं पूर्वअध्यक्षलाई धन्यवादसमेत दिए । 

“संघको विषयमा हामी राजनीतिक दल एक ठाउँमा छौँ,” उनले भने, “संघलाई एक ढिक्का बनाउन सफल हुनुभएकोमा तपाईंहरू (संस्थापक एवं पूर्व अध्यक्षहरू) लाई हार्दिक बधाई ।”

संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले अहिले संघमा भएका सानातिना समस्यालाई सामान्य रूपमा लिन आग्रह गरे । उनले संघमा नयाँले भन्दा पुरानाले बिगारेको भन्दै पूर्व अध्यक्षहरूलाई कुनै पनि अधिकार आगामी दिनमा नदिन आग्रहसमेत गरे । 

यस्तै, पूर्वअध्यक्ष जीवा लामिछाने भने, “संघमा केही विसंगति भएका थिए । सरकार, दलहरूको एक हुनु भन्ने सदासयताले एकता भएको छ । यसलाई शक्तिमा बल्नुपर्छ ।” 

उनले संघमा भएको विसंगतिलाई छोडेर कर्मभूमिमा फर्कनसमेत आग्रह गरे । 

संघका निवर्तमान अध्यक्ष कुमार पन्तले यसपटकका लागि मात्रै तीनजना अध्यक्ष चयन गरिएको बताए । 

अर्को पटकलाई नजिर नबस्ने गरी बाँकी १८ महिने कार्यकालमा पहिलो अध्यक्षता तीनवटै अध्यक्षले गर्नेछन् । त्यसपछिको ६ महिना आचार्य, ६ महिना थापा र समापनको अन्तिम ६ महिना केसीले अध्यक्षता गर्ने व्यवस्था गरिएको छ ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा डा. हेमराज शर्मा, महेश श्रेष्ठ, भूषण घिमिरे, डिबी क्षेत्री, धर्मराज अधिकारी, दुर्गा आचार्य, गोविन्द श्रेष्ठ (रोविन्द), जयप्रकाश गुरुङ, नारायण आचार्य, नरेन्द्र भाट र आरके शर्मा छन् । 

यस्तै, महिला उपाध्यक्षमा डा. विष्णुमाया परियार र याश्मिन वेगम तथा युवा उपाध्यक्षमा राज रेग्मी, रोशन थापा र हिमाल गुरुङ चयन भएका छन् ।

महासचिवमा गौरिराज जोशी र केशव पौडेल, उपमहासचिवमा गणेश केसी, डा. देवी बस्नेत, नारायण काफ्ले, ओम गुरुङ, रामशरण सिंखडा र विनय अधिकारी, सचिवमा चिरञ्जिीवी घिमिरे, गंगाधर गौतम, खगेन्द्र न्यौपाने, प्रवीण गुरुङ, शंकर खड्का, अभिमानसिंह बस्नेत, प्रमोद सिटौला, गोविन्द गौतम, होम पाण्डे र राजन त्रिपाठी तथा महिला सचिवमा डा. अलिलि पोखरेल र टिका गुरुङ चयन भए ।

कोषाध्यक्षमा सुनील शाह, लोक दाहाल र फणीन्द्रमणि पोखरेल सहकोषाध्यक्षमा दीपक शर्मा, होम गौतम, कृष्ण तिमिल्सिना, लाल केसी र मिलन छन्त्याल, नारायण सुवेदी, टंक गैरे र यज्ञ सुवेदी चयन भए । 

महिला सहकोषाध्यक्षमा अमृता थापा, यमुना भट्टराई र योगिता थापा चयन भएका छन् ।

युवा संयोजकमा अब्दुल वासिद र रवीन्द्र खड्का तथा महिला संयोजकमा विमला सापकोटा र संगिता मरहठ्ठा चयन भए । प्रवक्तामा सोम सापकोटा र शिव बडुवाल चयन भएका छन् ।

संशोधित विधानअनुसार अध्यक्ष तीन, उपाध्यक्ष ११, महासचिव दुई ,उपमहासचिव ६, सचिव १० जना हुने व्यवस्था गरिएको छ । त्यस्तै, कोषाध्यक्ष तीन, सहकोषाध्यक्ष आठ, महिला सहकोषाध्यक्ष तीन, प्रवक्ता दुई जना हुने व्यवस्था गरिएको छ ।

संशोधित विधानअनुसार महिला संयोजक दुई, युवा संयोजक दुई, क्षेत्रीय संयोजक दुई, क्षेत्रीय उपसंयोजक युरोप क्षेत्र ७ र अन्य क्षेत्र ५ को व्यवस्था गरिएको छ ।

क्षेत्रीय महिला संयोजकको संख्या बढाएर तीन जना, क्षेत्रीय युवा संयोजक दुई, क्षेत्रीय महिला उपसंयोजक दुई र क्षेत्रीय युवा संयोजक दुई जना हुने व्यवस्था गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १४, २०७८  १९:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro