काठमाडौं । फोर्स मोटर्स नेपालले आफ्नो नयाँ गाडी गुर्खा नेपालीको बिक्री–वितरण सुरु गरेको छ । ‘ग्राउन्ड–अपमोडुलर आर्टिटेक्चर प्लेटफर्म’मा निर्मित यस गाडीको आकृतिले अघिल्लो पुस्ताको प्रसिद्ध जी–वागनलाई प्रतिविम्बित गर्ने कम्पनीले जनाएको छ ।
लामो र चौडा वनावट भएको गुर्खाको क्याबिन अत्यन्त फराकिलो र आरामदायी रहेको जनाइएको छ । यसमा चारै यात्रुका लागि क्याप्टेन सिटलगायत सर्वोत्कृष्ट लेगरुम, हेडरुम, एल्बोरुम एवं ५०० लिटरको बुटस्पेसको व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
गुर्जामा मर्सिडिज निर्मित २,६०० सीसी इन्जिन जडित छ । तीन अंकको गतिमा हाइवेमा दौडिन, ३५ डिग्रीको उकालो चढ्न र ७०० मिलिमिटर गहिरो पानीलाई छिचोल्न सक्ने विशेषता रहेको कम्पनीले जनाएको छ ।
पाँच विभिन्न रंगहरुमा उपलब्ध गुर्खाको वारेन्टी तीन लाख किमि वा तीन वर्ष छ । साथै, चारपटकसम्म निःशुल्क सर्भिसिङ सेवा प्राप्त हुने पनि जनाइएको छ ।
शक्ति, क्षमता एवं स्टाइलमा सर्वोत्कृष्ट फोर्स गुर्खा नेपाली बाटोलाई अन्त्यन्त उपयुक्त रहेको आयाम इन्टरकन्टिनेन्टलका अध्यक्ष ध्रुव थापाले बताए । आयाम फोर्स मोटर्सका लागि नेपालको आधिकारिक विक्रेता हो ।