site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विद्यासुन्दर शाक्य : विवादको टाकुरामा पुगे, सपनालाई सिरानीमुनि सीमित राखे 
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य पुनः मेयर बन्ने दौडमा छन् । 

तर स्थानीय तहको कार्यकाल सकिनै लाग्दा यसअघि उनले १०० दिनमा १०१ काम गरेर देखाउँछु भनेर गरेको प्रतिबद्धतामध्ये सामान्यबाहेकका काम गर्न सकेनन् ।

शाक्य यसअघि ०४९ र ०५४ मा भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष भएका थिए । त्यसैगरी, उनी ०७४ सालमा भएको स्थानीय तहको चुनावमा ६४ हजार ९१३ मत ल्याएर मेयर पदमा निर्वाचित भए । 

Prabhu Bank
Agni Group
NIC Asia

२०७४ सालमा भएको निर्वाचनमा उनका प्रतिबद्धता अरूभन्दा पृथक र संख्यात्मक रूपमा बढी थिए । 


के थिए उनको घोषणपत्रमा ?

Global Ime bank

मेयर शाक्यले घोषणापत्रमार्फत् काठमाडौंमा मोनोरेल, ग्रीनसिटी, नो मास्क सिटी, स्मार्ट सिटी, साईकल लेन, मिनी असन बजार, सही ठाम सही काम। नो ट्राफिक जाम, काठमाडौंलाई धुलोधुँवामुक्त बनाउने १०१ चुनावी प्रतिबद्धता गरेका थिए । 


मेयर शाक्यको घोषणापत्रको तीन नम्बरमा मेयरको पदभार ग्रहण गर्नुभन्दा अगाडि नै महानगरपालिकाको कार्यालय परिसरभित्र नवनिर्वाचित प्रतिनिधिले मूल्यवान फल लाग्ने रुख रोपेर ग्रीन एन्ड क्लिन काठमाडौं अभियान सुरु गर्ने उल्लेख गरिएको थियो । 


तर, पदभार ग्रहणअघि नै पूरा गर्नुपर्ने बाचाअनुरूप मेयर शाक्यले रिजल्ट दिन सकेनन् । 
मूल्यवान् फल लाग्ने रुख त परै जाओस् उनले साधारण वृक्षारोपण पनि नगरेको महानगरका कर्मचारी नै बताउँछन् ।

यो बीचमा उनले उपमेयर हरिप्रभा खड्गीसँगको विवाद साम्य पार्न सकेनन् । 

तर, कार्यकाल सकिन करिब डेढ महिनामात्रै रहँदा राजनीतिमा सपना देख्नुपर्ने बताउँदै शाक्यका कुनै पनि काम नभएको देखिन्छ ।

यस्तै, चौथो नम्बरको प्रतिबद्धतामा महानगरपालिका क्षेत्रभित्रका धार्मिक सांस्कृतिक तथा पर्यटकीय केन्द्र पशुपतिनाथ, बौद्धनाथ, वसन्तपुरलगायत स्थानमा द्रूत गतिको निःशुल्क वाइफाई क्षेत्र बनाउने उल्लेख छ  । 

तर, उल्लेखित क्षेत्रमा फ्री वाइफाई बनाउनुको सट्टा उनले सम्पदा क्षेत्रमा घुम्न आउने पर्यटकबाट चर्को शुल्क असुल्दै आए ।  
हनुमानढोका दरबार क्षेत्रमा महानगरकै विवादले दुईद्वार टिकट प्रणाली लागु गरिएको छ । यसको प्रत्यक्ष मारमा बाह्य पर्यटक छन् । 

त्यसैगरी, ऐतिहासिक पुरातात्विक महत्त्वको सम्पदा क्षेत्रमा कंक्रिटको प्रयोग गर्दा उनी  कैयौँपटक विवादित बने ।

बाटो विस्तार पीडित समुदायसँग वार्ता गरेर जनभावनाअनुसार समस्या समाधान गर्ने शाक्यका १०१ प्रतिबद्धताको पाँचौँ प्रतिबद्धता हो । 

तर, नगरबासीले बाटो विस्तारको नाममा माछापोखरीमा सडक विस्तारका नाममा घरमा डोजर चलाउँदा शाक्यसँग गुहार माग्दा बेवास्ता गरेको र जनविरोध काम गरेर चर्चा कमाउने काम गरेको उनीमाथि आरोप लगाएका छन् । 

तर, आफ्नै प्रतिबद्धतामा रिजल्ट दिन नसकेका मेयर शाक्य आफूले घर भत्काएर सडक बनाउने नीति नलिएको दाबी गर्छन् । 

६ नम्बर प्रतिबद्धतामा साइकल सिटी महानगरको कार्ययोजना प्रारम्भ उल्लेख छ । यो प्रतिबद्धता पनि कागजमै सीमित रह्यो । छेवैको छिमेकी महानगर ललितपुरले साइकल लेन बनाउन सुरु गरिसकेको छ । 

अझ मेयर शाक्य आफैँ साइकलमा चढेर साइकल लेन बनाउने भनेका थिए । तर, उनले यो प्रतिबद्धतालाई काठमाडौंका साँघुरा सडकमा साइकल लेन बनाउन नसकिने भन्दै बीचमै छोडे । साइकल लेन बनाउने मागसहित साइकलयात्रीले पटक–पटक महानगरसँग गुहार मागेका थिए । 

यस्तै, मेयर शाक्यको ११ नम्बर प्रतिबद्धतामा महानगरपालिकाका सम्पूर्ण कार्यलाई भ्रष्टाचारमुक्त र पारदर्शी बनाउन इ–गभर्नेन्स प्रणाली सुरु गर्ने र सम्पूर्ण कार्यकक्षमा सीसीटीभी जडान गर्ने उल्लेख गरेका थिए । 
त्यसमा पनि केही काम हुन नसकेको कर्मचारी बताउँछन् ।
महानगरवासीलाई पारदर्शी सेवा दिलाउनुको साटो कर्मचारी बिहान कार्यालय उपस्थित भएर हाजिर लगाउँदै टाप कस्दै आएका छन् । 


यस्तै प्रत्येक युवालाई कुनै न कुनै खेल शारीरिक व्यायाम, व्यावसायिक तालिम, हस्तकला, ललितकला प्रविधिलगायत सेवामा आबद्ध गराउने कार्यक्रम ल्याउने प्रतिबद्धतामा १२ नम्बरमा थियो । 

शाक्यको चुनावी घोषणापत्रको १३ नम्बर प्रतिबद्धतामा समयसापेक्ष रोजगारीमूलक वातावरण सिर्जना गर्ने र युवाका लागि अनलाइन रोजगार सूचनाकेन्द्र सुरु गरिने भनिएको छ । 


उनको यो प्रतिबद्धता पनि अधुरै रह्यो । तर, मेयर शाक्य जनताको जनभावनाअनुरूप  स्थानीय जनप्रतिनिधिको अभिभावकत्व ग्रहण गर्दै आएको दाबी गर्छन् । 


शाक्यले जारी गरेको घोषणापत्रको १५ औँ बुँदामा नागरिकको सुरक्षाका लागि नेपाल प्रहरीसँग समन्वय गरेर महानरका संवेदनशीलस्थलमा सीसीटिभी जडान सुरु गर्ने भनिएको छ । 

महानगरले जडान गरेका संवेदनशील क्षेत्रका सीसीटभीले घटना कैद गर्दैनन्, किनकि बिग्रिसकेका छन् । कैयौँ संवेदनशील क्षेत्रमा सीसीटीभी जडानमा मेयर शाक्य चुकेका छन् । 


स्वयम्भू, बौद्ध, पशुपति, वसन्तपुरलगायत धार्मिक, सांस्कृतिक, पुरातात्विक, पर्यटकीय महत्वका सम्पदा क्षेत्रको विकास र प्रवर्धनका लागि विशेष योजना बनाएर काम सुरु गर्ने उनले घोषणापत्रको १६औँ नम्बर समेटेका छन् । 

सम्पदा क्षेत्रको विकासमा कंक्रिट विच्छ्याउने कामबाहेक अरु केही पनि प्रगति भएको छैन । 

विभिन्न ठाउँमा जन्मदेखि मृत्युसम्म चाहिने सामग्रीसहितको ‘मिनी असन बजार’ सञ्चालनका लागि अध्ययन गर्ने उनको अर्को प्रतिबद्धता थियो ।

शाक्यको यस प्रतिबद्धतामा पनि शाक्यको योजना सपनामै सीमित रह्यो । काठमाडौंको केन्द्रबिन्दुमा रहेको असन बजारसमेत व्यवस्थापन गर्न सकेनन् । 

‘सही समय सही ठाम, नो ट्राफिक जाम’ अभियान सुरु गर्ने पनि मेयर शाक्यकै प्राथमिकताको काम हो । 

पुरानो बसपार्कमा भ्युटावर बनाउन लगाएर बसपार्क नै अलपत्र पारिदिए । यसले गर्दा काठमाडौंको सवारी र ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ । 

सडक खाल्डाखुल्डी पर्ने र धुलोधुँवामुक्त अभियान सञ्चालन पनि गर्ने घोषणा गरेका थिए । भित्री सडकका खाल्डाखुल्डीले धुलोधुँवाको सास्ती हट्न सकेको छैन । 

यस विषयमा शाक्य विद्युत् प्राधिकरण र काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएललाई दोष थुपार्दै आएका छन् । पछिल्लो समय शाक्य आफ्नो बचाउ गर्दै आएका छन् । 

धुलोधुँवामुक्त सहर बनाएर ‘नो मास्क सिटी’, ‘काठमाडौं महानगर झिलिक्क, घर टिलिक्क’ अभियान सञ्चालन गर्ने समेत प्रतिबद्धता गरेका थिए ।
शाक्यले भने अनुसार प्रतिबद्धतामा पूरा गरेको भए यतिखेर काठमाडौं महानगर झिलिक्क महानरगरबासीका घरहरू टिलिक्क हुनेथिए । 

तर मापद्धण्ड विपरीतका होडिङ बोर्ड, केवल तार र धुलोधँुवाको सास्तीले सहर झन् झन् कुरूप बन्दै गएको सम्पदाविदको टिप्पणी छ । 

महानगरपालिकाको आफ्नै भवन बनाउने पनि मेयर शाक्यको प्रतिबद्धतामा थियो । तर अहिलेसम्म महानगरको भवन बन्न सकेको छैन् । 
 
महानगरले बागदरबारस्थित जेडीए कम्प्लेक्स मासिक सात लाख रूपैयाँ भाडा तिरेर केन्द्रीय कार्यालयको रूपमा प्रयोग गर्दै आएको छ ।

शाक्यका १९ नम्बरको काम अन्तर्गत भित्री सहरको हरेक ५०० मिटरमा र बाहिरी सहरमा आवश्यकताअनुसार निजी साझेदारीको ढाँचामा पब्लिक सर्भिस सेन्टर बनाउने प्रक्रिया अगाडि बढाउने । त्यस्ता सेन्टरहरूमा महिला अपांगता भएका व्यक्ति, वृद्ध, बालबालिकामैत्री डिजिटल सूचनापाटी, शौचालय, डिजिटल सुझाव संकलन डेस्क, तौल नाप्ने मेसिन, रिचार्ज कार्ड, चार्जर, फ्रि वाइफाईको व्यवस्था भनिएको थियो । 

सहरी सुव्यवस्था कायम गर्ने यो प्रतिबद्धतामा पनि पूरा भएन । 

घरघरमा अचम्मको सियो गज्जबको चुलो कार्यक्रम सञ्चालन गर्ने सञ्चालन गर्ने, बाटोमा थुपारिएका निर्माण सामग्री हटाउने, प्रत्येक घरमा अनिवार्य बर्खेपानी संकलनको अभियान सुरु गर्ने, संकलनबाट बढि भएको पानी भुमिगत जल भण्डारण गर्ने अभियान थाल्ने प्रतिबद्धतामा सहित शाक्यले चुनाव जितेका थिए । 

शाक्यले पदवहाली पछि जनताको जनभावना अनुसार काम गर्नुको साटो करिब दुई करोडको गाडी किने । 

त्यस्तै जनप्रतिनिधिहरूलाई महंगो मोबाइल वितरणको योजना सुरुवात गरे । सोही समयमा काठमाडौंलाई बाहिर जिल्लाबाट आएका मानिसहरूले बिगारेको बताएका थिए । मेयर शाक्यका यस्ता गतिविधिहरू सामाजिक सञ्जालमा निकै आलोचना पनि भएका थिए ।

घरघरमा अत्यधुनिक प्रविधियुक्त सेफ्टीट्यांकी जडान अभियान सुरु गर्ने, भोकरहित जनता, शोकरहित महानगरका लागि सुपथ मूल्यको मेयर फड पार्लर खोल्ने प्रक्रिया आरम्भ गर्ने प्रतिबद्धताहरूको चाङ पनि थियो । 
 
मेयरका यी प्रतिबद्धतामा पनि प्रगति शून्य छ । पुरातात्विक मापदण्डअनुसार रानीपोखरीको पुनर्निर्माण तत्काल सुचारु गर्ने मेयर शाक्यको प्रतिबद्धतामा थियो । 

उक्त प्रतिबद्धतामा मेयर शाक्यले रानीपोखरीको काम थालेका थिए । ऐतिहासिक पोखरीलाई मास्न लागेको भन्दै स्थानीयले चर्को विरोध र आलोचना गरे । ऐतिहासिक शैलीमै पुनर्निर्माण गर्नुपर्ने माग राख्दै काम रोके । 

त्यसपछि रानीपोखरी पुनर्निर्माणको काम राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पायो । त्यसपछि मात्रै रानीपोखरीले जिवन्त रूप लियो । 

यसो त सम्पदा पुनर्निर्माण र संरक्षणको सम्बन्धमा महानगरसँग पुरातत्व विभागको टसल रहिरह्यो । 
 
निश्चित समय तालिकाअनुसार यातायात सञ्चालन गर्न अपाङ्ग, बालबालिका मैत्री शौचालय सुविधासहितको बस सेवा सुरु गर्ने भनिएको थियो । 

तर काठमाडौंका सहरी क्षेत्रमा महानगरले शौचालय नै निर्माण गर्न सकेन । भएका केही शौचालय पनि व्यापारीको कब्जामा छन् । 

सार्वजनिक यातायातको भद्रगोल पनि कम छैन । 

त्यस्तै मेयरको ५८औँ प्रतिबद्धतामा सम्पूर्ण ट्राफिक लाइट मर्मत गरेर सुचारु गर्ने भनिएको छ । काठमाडौंका अधिकांश सडकका ट्राफिक लाइट बल्दैनन् । ट्राफिकका हातले काठमाडौंका सडकमा सवारी व्यवस्थापन हुँदै आएको छ । 

‘हेल्लो मेयर क्विक रेस्पोन्स’ कार्यक्रमदेखि प्रेम दिवसलगायत अन्य विभिन्न दिवसको अवसर पारेर युवा जोडीलाई रचनात्मक काममा सहभागी गराउँदै सफा, सुन्दर, स्वच्छ र हरियालीसहितको नगर निर्माण गर्न विरुवा, फलफूल वा फूलहरू रोप्ने व्यवस्था मिलाउनेसम्मका प्रतिबद्धतामासहित विभिन्न आशा देखाएका थिए । 
 
त्यस्तै छाडा जीवजन्तु तथा फोहोर मैलालगायत समस्या तत्काल समाधान गर्ने भनिएको थियो । तर काठमाडौंमा पटक पटक फोहोर थुप्रिँदै आएको छ । यस विषयमा मेयर शाक्य आफूले मात्रै फोहोर व्यवस्थापन गर्न नसक्ने भन्दै प्रदेश र संघीय सरकारको गुहार माग्दै आएका छन् । 

तिनकुनेको जग्गाको समस्या समाधान गरी अत्यधुनिक बुद्ध पार्क निर्माण गर्न सुरु गर्ने शाक्यको ७९औं नम्बरको प्रतिबद्धतामा हो । यो प्रतिबद्धतामा बमोजिम पनि काम गर्न सकेनन् । 

अहिले संघीय सरकार र प्रदेश सरकारले सहयोग नगरेकाले काम गर्न नसकिएको बताउने गरेका छन् । अहिले तीनकुने पार्क फोहोर फाल्ने र शौच गर्ने स्थान बनेको छ । 

मेयर शाक्यको अन्तिम प्रतिबद्धतामा महानगर मातहतका हरेक कार्यालयलाई आधुनिक, चुस्त, जनमैत्रीका साथै प्रविधिमैत्री कार्यालयको रूपमा स्थापित गर्दै परामर्श तथा उजुरी डेस्कलाई प्रभावकारी बनाउने भनिएको छ । 

महानगर मातहतका कार्यालय प्रविधिमैत्री हुनुभन्दा वृद्धवृद्धाले पाँच तलामाथि चढेर सेवासुविधा लिनुपर्छ । मातहतका कार्यालयहरू अस्तव्यस्त छन् । कतिपय वडा कार्यालयहरूसमेत बनाउन सकेका छैनन् । 

आफुले काम गर्न चाहँदा चाहँदै विवादका कारण केही काम गर्न नसकेको शाक्यको दाबी छ । मोनोरेल, मेगाहल र तीनकुने पार्क बनाउन नसकेको शाक्यले स्वीकार गरेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १३, २०७८  १२:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement