site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
रोहित बने एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा धेरै अर्धशतक बनाउने खेलाडी 

काठमाडौं । मध्यक्रममा ब्याट्सम्यान रोहितकुमार पौडेल नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै अर्धशतक बनाउने खेलाडी बनेका छन् । 

रोहितले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनीविरुद्ध अर्धशतक बनाएका हुन् । उनले ५४ बलमा तीन चौका र एक छक्कासहित ५० रन पूरा गरे । 

यसअघि रोहित र ज्ञानेन्द्र मल्लले समान चार अर्धशतक बनाएका थिए । रोहितकुमारको यो पाँचौँ अर्धशतक हो । 

पीएनजीविरुद्धको एकिदवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २९३ रनको लक्ष्य पछ्याएको नेपालले २८ ओभरमा सकिँदा चार विकेट गुमाएर १३४ रन बनाएर खेलिरहेको छ । राहित ५० र आरिफ शेख २० रन बनाएर क्रिजमा छन् । 

रोहितकुमार र आरिफले पाँचौं विकेटका लागि ६१ रनको अविजित साझेदारी गरेर खेलिरहेका छन् । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७८  १५:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro