site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पीएम कप महिला भलिबल : पुलिस र आर्मीको विजयी सुरुआत
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । विभागीय क्लब नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबले बिहीबारबाट सुरु प्रधानमन्त्ती कप महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन् । 

नेपालगन्ज रंगशालास्थित कभर्डहलमा सम्पन्न पहिलो खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी युनाइटेडलाई ३–० को सेटमा पराजित गरेको हो । पुलिसले २५–१४, २५–१३, २५–९ को स्कोरमा विजय हासिल गरेको थियो । पुलिसकी मनिषा चौधरी प्लेयर अफ दी म्याच घोषित भइन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

नेपाल पुलिस क्लबकी सहायक प्रशिक्षक कोपिला उप्रेतीले आफ्नो टिम उपाधि जित्ने लक्ष्यका साथ नेपालगन्ज पुगेको बताइन् । कोपिला पहिलोपटक प्रशिक्षकका रूपमा नेपालगन्ज पुगेकी हुन् । पुलिस क्लबले पहिलो र छैटौँ संस्करणको उपाधि जितेको थियो । त्यतिबेला कोपिला टिमको महत्वपूर्ण सदस्य थिइन् । 

आजै सम्पन्न दोस्रो खेलमा त्रिभुवन आर्मीबे न्यू डायमन्डलाई ३–१ को सेटमा हराएको हो । त्रिभुवन आर्मीले २५–१५, २७–२९,२५–१७, २५–२२ को स्कोरमा विजय हासिल गरेको हो । त्रिभुवन आर्मीकी साफिया पुन प्लेयर अफ दी म्याच घोषित भइन् । 

Royal Enfield Island Ad

त्रिभुवन आर्मीका प्रशिक्षक लोकेश बुढालले फाइनल सरहको खेल जित्न पाउँदा खुसी लागेको बताए । पराजित न्यू डायमन्डका प्रशिक्षक कुमार राईले राम्रो गर्ने प्रयास गर्दागर्दै पनि नतिजा गुमाउन पुगेको प्रतिक्रिया दिए । 

लिग कम नकआउट प्रणालीमा खेलाइएको प्रतियोगिताको दोस्रो दिन पहिलो खेलमा नेपाल पुलिस क्लबले हरियाणा स्पोर्ट्स क्लब(भारत)विरुद्ध तथा दोस्रो खेलमा न्यू डायमन्डले एकलव्य खेलकुद परिसर (छत्तिसगढ भारत)विरुद्ध प्रतिस्पर्धा गर्नेछ । 

प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार, तेस्रो टिमले एक लाख र चौथो हुने टोलीले ५० हजार रुपैयाँ नगद पुरस्कार जित्ने छ । 

प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे टिम इन्डिया, पाँचौँमा एपीएफ, छैटौँमा पुलिस र सातौँमा एपीएफ च्याम्पियन बनेका थिए । एपीएफ प्रतियोगितामा अनुपस्थित छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  २०:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro