site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कम्पनीको आधारभूत पक्ष बुझेर मात्र सेयर बजारमा लगानी गर्न सुझाव
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

विराटनगर । सेयर बजारका जानकारहरूले कम्पनीबारे अध्ययन गरेर मात्र लगानी गर्न सुझाव दिएका छन् । विराटनगरमा आज आयोजित धितोपत्र बजारसम्बन्धी लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रममा सेयर बजारका विज्ञहरूले लगानीको प्रक्रिया, लगानी गर्ने कम्पनी र त्यसबारे जानकार हुनुपर्ने सुझाव दिएका हुन् ।

नेपाल धितोपत्र बोर्ड, मर्चेन्ट बैंकर एसोसिएसन अफ नेपाल र स्टक ब्रोकर एसोसिएसन नेपालको संयुक्त आयोजनामा भएको सचेतना कार्यक्रममा धितोपत्र बजारका आधारभूत पक्षदेखि सीडीएसले गर्ने काम, क्रेडिट रेटिङको प्रक्रिया र मर्चेन्ट बैंकिङको विषयमा आधारभुत जानकारी दिइएको थियो ।

धितोपत्र बजारका आधारभूत पक्षबारे नेपाल धितोपत्र बोर्डका निर्देशक दीपेश ताम्राकारले प्रस्तुति दिए । उनले बोर्डले काम गर्ने विधि, प्राथमिक र दोस्रो बजारको विषयमा जानकारी गराएका थिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनले भने, “सेयर बजार ठूलो क्षेत्र हो । के केमा कसरी लगानी गर्ने भन्नेमा लगानीकर्ता आफैँ स्पष्ट हुनुपर्छ । लगानी गर्दा आफू पनि जानकार हुनुपर्छ हल्लाको पछि लाग्नुभन्दा पनि कम्पनीको आधारभूत पक्षमा अध्ययन गर्नुपर्छ ।”

Royal Enfield Island Ad

उनले लगानी क्षेत्रमा आउने नयाँ युवा पुस्ताले अध्ययन गर्नुपर्नेमा जोड दिए । 

नेपाल स्टक एक्सचेन्जतर्फबाट सुरेश जोशीले एक्सचेन्जको स्थापना र यसले गर्ने कामको विषयमा जानकारी गराए ।

क्रेडिट रेटिङ सम्बन्धी जानकारी दिँदै इक्रा नेपालका उज्वल श्रेष्ठले कम्पनीको सबै पक्षको अवस्था बुझेर इक्राले तथ्यांक सार्वजनिक गर्ने गरेको सुनाए ।  

नेपालका सीडीएस एन्ड क्लियरिङ लिमिटेडका पराग बिष्टले सीडीएसले काम गर्ने प्रक्रियाबारे जानकारी गराए । उनले आईपीओ जारी हुने प्रक्रियादेखि लगानीकर्ताको खातामा सेयर आउने विधिको विषया सहभागीले उठाएका जिज्ञासाको जवाफ दिए ।

स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष तथा क्रिस्टल कञ्चनजंघा सेक्युरिटिजका सीईओ प्रियराज रेग्मीले अहिले सेयर बजारमा सर्वसाधारणको पहुँच र आकर्षण निकै बढेको बताए । “सेयर बजार पहिले सानो संख्याका लगानीकर्ताको मात्र आकर्षण रहेकोमा अहिले सर्वसाधारणको पहुँचसमेत निक्कै बढेको छ,” उनले भने ।

कार्यक्रमका सहभागी लगानीकर्ता तथा सर्वसाधारणले कोरोना महामारीपछि प्रदेश नम्बर १ मा डिस्प्ले रोकिँदा समस्या भएको गुनासो गरेका थिए । यसलाई खोल्न पहल गर्नुपर्ने, टीएमएस बिग्रिरहँदा हुने समस्या हल गर्नुपर्ने, नेप्सेको वेबसाइटमा बारम्बार आउने समस्या हटाइनुपर्ने माग गरेका थिए ।

कार्यक्रममा सहभागी नेप्सेका अधिकारीले नयाँ वेबसाइट आएसँगै विस्तारै समस्या हल हुँदै गएको बताए । नयाँबाट राम्रो चल्दै जाने र ट्रेडिङसम्बन्धी वेबसाइटको समस्या पनि समाधान हुने उनीहरूले बताए ।

कार्यक्रममा क्रिस्टल कञ्चनजंघा सेक्युरिटीजकी किशु घिमिरेले स्वागत मन्तव्य राखेकी थिइन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  १८:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro