site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारसँग चरणबद्ध छलफल भएको छ, एमालेसँग चुनावी गठबन्धन हुनसक्छ : केशव झा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले पार्टीसँग चुनावी तालमेलका लागि तीन विकल्प भएको बताएका छन् ।

बुधबार सामुदायिक रेडियो प्रसारक संघ (अकोरब)ले नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा उनले स्थानीय तहमा चुनावी गठबन्धनको आवश्यकता नभएको बताए । सत्ता गठबन्धनले मुलुकमा राजनीतिक अस्थिरता निम्त्याएको भन्दै चुनावी गठबन्धन गर्नुअघि लोसपाले तीन विकल्पमा छलफल गर्ने उल्लेख गरे ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“पहिलो विकल्प भनेको लोसपा चुनावमा एक्लै भाग लिने हो । दोस्रो एमालेसँग तालमेल र तेस्रो सत्ता गठबन्धनले हाम्रा राजनीतिक माग–मुद्दा पूरा गरे उसैसँग गठबन्धन गर्ने हो,” उनले भने, “चुनावी गठबन्धनबारे एमालेसँग हाम्रो औपचारिक/अनौपचारिक कुनै संवाद आजसम्म भएको छैन । तर, सरकारसँग चाहिँ हाम्रो दुई–तीन राउन्ड छलफल भएको छ ।”

नेता झाले निर्धारित समयमै स्थानीय तह निर्वाचन हुनेमा अझै आशंकाहरू देखिएको पनि बताए । अहिलेको निर्वाचन एकदमै खर्चिलो भएको भन्दै निर्वाचन आयोगले प्रक्रिया परिवर्तन गर्नुपर्ने धारणा राखे ।

Royal Enfield Island Ad

“निर्वाचन एकदमै खर्चिलो भयो । यसलाई मध्यनजर गरेर निर्वाचन आयोगले या त चुनावी प्याटर्न चेन्ज गर्नुपर्‍यो या त चुनावी खर्च तोकेको भन्दा बढी खर्च गर्नेलाई कारबाही गर्न सक्नुपर्‍यो,” उनले भने ।

लोसपाले स्थानीय निर्वाचनलक्षित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको उनले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  १२:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro