site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बिचौलियाको ‘अखडा’ बन्दै काठमाडौंका यातायात कार्यालय 
Sarbottam CementSarbottam Cement

काठमाडाैं । आइतबार महानगरीय प्रहरी परिसर ललितपुरले एक बिचौलियाको झोलामा यातायात कार्यालय कुसुन्तीको सवारी दर्ता गराउने महत्त्वपूर्ण दुईवटा रजिष्टर फेला पार्यो । त्यस्तै गत असोज १७ गते महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले एकान्तकुना यातायात कार्यालयबाट दुईजना विचौलियालाई पक्राउ गर्यो । 

त्यसको पछिल्लो दिन सवारी चालक अनुमति पत्र लाइसेन्स परीक्षा पास गराइदिने प्रलोभन देखाइरहेको अवस्थामा दुईजना पक्राउ परे । यस्तै, यातायात कार्यालय गुर्जुधाराबाट २५ जना बिचौलिया पक्राउ परे । यी त भए प्रहरीले पक्राउ गरेका केही घटनाका उदाहरण । काठमाडौंका यातायात कार्यालयहरुमा यतिबेला बिचौलियाको ‘बिगबिगी’ छ ।
 
इम्बोस्ड नम्बर प्लेट जडान, सवारी लाइसेन्स परीक्षा दिँदा यातायात कार्यालयकै सवारी साधन प्रयोग गर्नुपर्ने बाध्यकारी नियम, फाष्ट ट्रायल मिलाइदिने, नवीकरण गरिदिने बिचौलियाको मारमा सयौं सेवाग्राही पर्दै आएका छन् । 

यातायात कार्यालयहरुबाट पाउनुपर्ने सहज सेवासुविधाबाट वर्षाैंदेखि सेवाग्राहीहरु बञ्चित छन् । अहिले त यातायात कार्यालयको महत्त्वपूर्ण सवारी साधन दर्ता फारमसमेत बिचौलियाको झोलामा फेला परेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

नियामक निकाय यातायात व्यवस्था विभाग यस विषयमा बेखबर छ । कुसुन्ती कार्यालयमा सरकारी रजिष्टर भेटिएको बारे आफूहरुलाई जानकारी नभएको विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए । ‘‘विभागले बेला–बेलामा यातायात कार्यालयको अनुगमन अवलोकन गर्दै आएको छ । यातायात कार्यालयका कुराहरु सम्बन्धित कार्यालयहरुले नै हेर्ने गरेका छन् । हामीलाई थाहा छैन,” प्रवक्ता भुसालले भने । 

चितवनको भरतपुर महानगरपालिका २३ का ३२ वर्षीय मनोज बास्तोला बिचौलिया बनेर लुकिछिपी सवारी पास गराइदिँदै आएका थिए ।  

Global Ime bank

प्रहरीमा परेको उजुरीका आधारमा अनुसन्धान गर्दा उनको झोलामा सवारी पास गर्ने महत्त्वपूर्ण रजिष्टर भेटियो । ललितपुर प्रहरीका एसपी सिद्धिविक्रम शाहका अनुसार बा ११ च ४४९९ नम्बरको हुण्डाइको ग्राण्ड आई टेन गाडी पास गरिदिने भन्दै शेरसिंह थापाबाट ८ लाख ५० हजार रुपैयाँ लिइ गाडी नदिएपछि उनीविरुद्ध प्रहरीमा ठगीको उजुरी परेको थियो ।

थापालाई ठगी गरेकाभन्दै परेको उजुरीका आधारमा प्रहरीले बास्तोलामाथि अनुसन्धान गरिरहेको थियो । ‘‘गाडी पास गरिदिने भन्दै थापालाई ब्लुबुक दिएका रहेछन् । तर, ब्लुबुकमा लेखिएको गाडी भने दिएका थिएनन्,” एसपी शाहले भने । 

उजुरीका आधारमा बास्तोलामाथि गरेको अनुसन्धानका क्रममा महत्वपूर्ण सरकारी कागजात फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको झोलामा ‘यातायात कार्यालय वाग्मती’ लेखिएको सवारी दर्ता गर्ने रजिष्टर भेटिएको र रजिष्टरमा विभिन्न सवारी दर्ता भएको प्रमाण उल्लेख छ । 

यातायात कार्यालय वाग्मती ११०९ लेखिएको पहेलो रङको सवारी दर्ता किताब र १६९० नम्बर अंकित ४५४०  देखि ४६७९ सम्म २६ च लेखिएको रजिष्टर बरामद गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।
 
बिचौलियासँग कसरी सरकारी कागजात आयो भन्नेबारे अनुसन्धान भइरहेको एसपी शाहले बताए । बास्तोलामाथि थप अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । 

वर्षौदेखि काठमाडौं उपत्यकाका यातायात कार्यालयहरूले सेवाग्राहीलाई विभिन्न बहानाबाजी गर्दै बिचौलियाहरूमार्फत चर्को शुल्क असुल्दै आएका छन् । 

विभागले पहिले आफ्नै सवारी साधनमा ट्रायल परीक्षा दिन सकिने  प्रावधान ल्याएको थियो । तर, उक्त प्रावधान लागु नहुँदै बिचौलियाको दबाबले यातायात कार्यालयकै सवारीमा ट्रायल दिनुपर्ने व्यवस्थालाई दोहोर्याएको थियो । 

यातायात व्यवस्था विभागले यातायात कार्यालयहरूको सेवासुविधा प्रविधिमैत्री बनाइरहेको दाबी गर्दै आएको छ ।  यातायात कार्यालयका बिचौलिया हटाउन विभिन्न प्रविधिमा सुधार गरिरहेको विभागको दाबी छ । यद्यपि, सेवाग्राहीले भने यातायात कार्यालयहरूको सेवामा प्रविधिको उच्चतम प्रयोगको महसूस गर्न पाएका छैनन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  १३:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement