site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
एकीकृत समाजवादीमा प्रदेश कमिटीको अवस्था बुझ्न अनुगमन टोली गठन
SkywellSkywell

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)मा पार्टीका सातै प्रदेश कमिटीको गतिविधिको अवस्था बुझ्न केन्द्रीय नेताहरूको नेतृत्वमा अनुगमन टोली गठन गरिएको छ ।

बिहीबार काठमाडौंमा बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले पार्टीको गतिविधिलाई प्रभावकारी बनाउनका लागि सातै प्रदेश कमिटीको गतिविधिको अनुगमन गर्ने निर्णय गर्दै अनुगमनका लागि केन्द्रीय नेताहरूको नेतृत्वमा टोली गठन गरिएको हो ।

Dabur Nepal
NIC Asia

जसअनुसार प्रदेश नम्बर-१ मा उपाध्यक्ष प्रमेश हमाल, मधेस प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवडा, वाग्मती प्रदेशमा उपमहासचिव गंगालाल तुलाधर, गण्डकी प्रदेशमा उपाध्यक्ष जयन्ती राई, लुम्बिनी प्रदेशमा उपमहासचिव विजय पौडेल, कर्णाली प्रदेशमा महासचिव बेदुराम भुसाल र सुदूरपश्चिम प्रदेशमा सचिवालय सदस्य रामचन्द्र झाको नेतत्वमा अनुगमन टोली बनाइएको छ ।

बैठकले स्थानीय तह निर्वाचनका लागि 'जनतामा जाऊँ एकीकृत समाजवादीलाई जिताऔँ' भन्ने नारा तय गरिएको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । आउँदो निर्वाचनमा तालमेलका लागि पार्टी खुला रहेको पनि उनले बताए ।

बैठकमा सत्ता गठबन्धनलगायत विषयमा पनि छलफल भएको उनले बताए । संगठन निर्माणको अभियानलाई निर्वाचन प्रचारको अभियानसँग जोड्ने उनले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ३, २०७८  १६:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro