site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चीनलाई अमेरिकाको चेतावनी– प्रतिबन्ध सहज हुनेगरी रुसलाई सहयोग गरे परिणाम भोग्नुपर्छ
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

वासिङटन । अमेरिकाले रुसमाथि लगाइएका प्रतिबन्ध सहज हुनेगरी सहयोग नगर्न चीनलाई आग्रह गरेको छ । यदि रुसलाई प्रतिबन्धहरू सामना गर्न सहज हुनेगरी सहयोग गरेमा त्यसको परिणाम भोग्नुपर्ने चेतावनी अमेरिकाले दिएको छ ।

नाम नखुलाइएका अमेरिकी अधिकारीहरूले थुप्रै न्युज आउटलेटलाई रुसले आक्रमण सुरु गरिसकेपछि चीनसँग सैनिक सहयोग मागेको बताएका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

तर चिनियाँ विदेश मन्त्रालयले अमेरिकाले गलत सूचना फैलाइरहेको अरोप लगाएको छ । साथै रुसले बेइजिङसँग सैनिक सहयोग मागेको पनि अस्वीकार गरेको छ । इटालीको रोममा अमेरिकी र चिनियाँ वरिष्ठ अधिकारीहरूको भेटघाटको क्रममा यस्तो आरोप र प्रत्यारोप भएको बताइएको छ । 

वासिङटनका अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकी सञ्चार माध्यमहरूले पछिल्ला दिनहरूमा रुसले चीनसँग ड्रोन लगायतका विभिन्न सैनिक उपकरणहरूका लागि अनुरोध गरिरहेको जनाएका छन् । 

Royal Enfield Island Ad

सीएनएनलाई अन्तर्वार्ता दिने क्रममा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुल्लिभानले भनेका छन्, "हामीहरूले चीनसँग प्रत्यक्ष रूपमा रुसलाई लगाइएको प्रतिबन्धलाई सहज हुने खालका कुनै पनि सहयोग नर्गन अनुरोध गरिरहेका छौँ । हामीले विश्वका कुनै पनि मुलुकलाई रुसलाई यसरी सहयोग गर्ने अनुमति दिने छैनौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आक्रमण अघि केही योजना बनाइरहेकोबारे चीनलाई जानकारी रहेको अमेरिकालाई विश्वास छ । तर बेइजिङले सो योजनाको विस्तृत विवरण थाहा नपाएको पनि हुन सक्छ । पुटिनले युरोपेली र अन्यलाई जस्तै चिनियाँहरूसँग पनि झुठो बोलेको हुनसक्छ ।"

रुसको युक्रेनमाथिको सैनिक कारबाही अहिले तेस्रो सातामा रहेको छ भने लाखौँ युक्रेनीले देश छाडिसकेका छन् ।

यसबारे बेइजिङस्थित विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले अमेरिकाले खराब नियत राखेरै युक्रेनी मामिलामा चीनकाबारे दुष्प्रचार गरिरहेको तथा बरु चीनले रुस र युक्रेनबीचको वार्ताका लागि सकारात्मक भूमिका खेलिरहेको बताएका छन् ।  

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८  २२:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro