site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मोहन बानियाँ प्रकरण : बयान सकाएर प्रतिवेदन तयार गर्दै प्रहरी
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । प्रहरीले बलात्कारको आरोप लागेका एमालेका नेता तथा मुगुका निलम्बित सांसद मोहन बानियाँ र पीडित महिलामाथि अनुसन्धार गरेर प्रतिवेदन तयारीको काम थालेको छ ।

दुवै पक्षको बयान लिने काम सकिएको र अदालतले दिएको चैत ३ गतेसम्मको म्यादमा प्रतिवेदन बुझाइसक्नेगरी काम भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिए । त्यतिबेलासम्म पनि प्रतिवेदन तयार नभए पुन: म्याद थप हुने उनले बताए ।

Dabur Nepal
NIC Asia

जुम्लाकी एक महिलाले नेपालगन्जस्थित अप्सरा होटेलमा बानियाँले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएकी थिइन् । त्यसपछि अदालतको आदेशअनुसार प्रहरीले बाँकेस्थित राँझा विमानस्थलबाट बानियाँलाई पक्राउ गरेको थियो ।

बलात्कारको मुद्दा दर्ता भएपछि फागुन २२ गतेको प्रतिनिधिसभा बैठकले बानियाँलाई सांसद पदबाट निलम्बन गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८  १७:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu