site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
युक्रेन युद्धको प्रभाव– रुसमा आधुनिक इतिहासकै ठूलो ‘ब्रेन ड्रेन’ 

बीबीसी । रुसले युक्रेनमा आक्रमण सुरु गरेदेखि २ लाख बढी सर्वसाधारणले देश छाडेर गएको रुसी अर्थविद्हरुको रिपोर्ट छ । 
यसमा अधिकांश दक्ष प्राविधिक उद्योगका प्रोफेसनलहरु भएको बताइएको छ । जसकारण रुसले आगामी दिनहरुमा ठूलो स्तरको ‘ब्रेन ड्रेन’ अर्थात् अधिकतम दक्ष जनशक्ति पलायन हुने समस्याको सामना गर्नुपर्नेछ । उनीहरु सबै रुसी नीतिसँग असहमत रहेको तर त्यसको विरोध गरे हिंसात्मक रुपम दबाइने प्रयास हुने डरकै कारण आफूहरु देश छाडेर जान लागेको भिडियो गेम निर्माता इगोर बताउँछन् ।

उनले भने, “यहाँ हामीले विरोध जनाउने एउटै तरिका भनेको देश छाड्नु हो र आफूसँगै आफ्नो सबै क्षमता र पैसा पनि लैजानु हो ।”

युरोपियन युनियन, अमेरिका, बेलायत, क्यानडालगायत दर्जनौँ देशहरुले रुसी उडानमाथि प्रतिबन्ध लगाएका छन् । त्यसैले यतिबेला रुसी नागरिकहरु टर्की, मध्य एसिया, दक्षिण कोकेसस, अर्मेनिया लगायत भिसाको आवश्यकता नपर्ने अनुमति प्राप्त देशहरुमा भागिरहेका छन् । 

हाल २५ हजार बढी रुसी नागरिक जर्जिया विमानस्थलमा अवतरण गरिसकेका छन् । तिनै मध्येका एक हुन् येभगेनी ल्यामिन जसले पुटिनको शाषन विरुद्ध रहन आफूले देश छाड्ने निर्णय गरेको बताए । २३ वर्षीय राजनीतिका ग्राजुएट उनी भन्छन्, “युक्रेनीहरुलाई साथ दिन म आफूले सक्ने सबै प्रयास गर्नेछु । म यसलाई मेरो जिम्मेवारी ठान्दछु । ”

यसरी उनी जस्ता हजारौँ यतिबेला जर्जियाको राजधानीमा सुटकेस लिएर र कतिले आफ्नो घरपालुवा जीव समेत लिएर सडकमा यताउती भौतारिरहेको बताइएको छ । त्यहाँ सबै प्रमुख शहरहरुमा बस्ने ठाउँ पाउनै कठिन भइसकेको बताइएको छ । 

यता बेलारुसका नागरिकहरु पनि देश छाड्न थालिसकेका छन् । जसकारण इस्तानबुल र अर्मेनियाको राजधानी येरेभानमा अहिले अन्तिम मिनेटको फ्लाइटको शुल्क आकाशिएको अवस्था छ ।

आफ्नो देशले धोका दिएको महसुस गरेपछि देश छाड्ने निर्णय गरेकी अन्या भन्छिन्, “इस्तानबुलको ‘वान–वे’ फ्लाइटका लागि म र मेरा पतिको एक महिनाको पूरै आम्दानी जोड्दा पनि पुगेन । ” हाल रुसमा युक्रेनको समर्थन गर्ने जोकोहीलाई पनि २० वर्षसम्मको जेल सजायँ तोकिएको छ । त्यसैले आफू पनि यसको टार्गेट हुने डरले देश छाड्न लागेको उनले बताइन् । 

अर्कोतर्फ धेरै ठाउँमा रुसी या बेलारुसका मानिसहरुलाई सेवा दिन अस्वीकार गर्ने गरिएको पनि पाइएको छ । रुसमा एप्पल पेको प्रयोग गर्न नपाएकाले उनीहरु विदेश आएको र हालको संकटजन्य अवस्था बिदा मनाउने कुनै समय नभएको भन्दै आफ्ना दुष्ट सरकारको विरोध गर भनेर होटल मालिकहरुले फर्काउने गरेको रिपोर्ट गरिएको छ । 

बेलारुसको राजधानीमा आइटी विशेषज्ञका रुपमा काम गर्दै आएका क्रिस्टिना र निकिताले आफूहरुलाई अन्टरप्रेन्योरका रुपमा दर्ता गराएका छन् जसले उनीहरुलाई जर्जियन बैंक अकाउन्ट खोल्न अनुमति दिलाउनेछ ।

उनीहरु भन्छन्, “हामी हाम्रो सरकारको विपक्षमा छौँ त्यसैकारण देश छाडेर भागेका हौँ । हामी केबल सुरक्षित रहन चाहन्छौँ । तर यहाँ आएर पनि राष्ट्रियताका कारण हामीसँग दुव्र्यवहार भइराखेको छ । त्यसैले हामीले आफ्नो पहिचान लुकाउनुपर्ने अवस्था छ । मानिसहरुले म कहाँबाट आएको भनेर सोध्दा मलाई एकदमै असहज महसुस हुन्छ । ”

युद्ध सुरु भएदेखि जर्जियालाई युक्रेनको सबैभन्दा ठूलो समर्थक मानिएको छ । हालैको एक सर्वेक्षणमा त्यहाँका ८७ प्रतिशत जनताले युक्रेन युद्धलाई आफ्नै युद्ध समान मानिरहेको पाइएको छ । रुसले जर्जियामाथि आक्रमण गरेको १४ वर्ष पनि पूरा नभएको हुँदा धेरैले यो विषयमा एकदम असहज महसुस गर्ने गरेको पनि बताउँछन् । किनकी यसमा पुटिनलाई विदेशिने रुसी नागरिकहरुलाई सुरक्षाको आवश्यकता पर्ने भन्दै आफ्नो फौज पठाउने बाहाना मिल्न सक्नेबारे धेरैलाई चिन्ता छ । २००८ मा जर्जियाको असेटिया क्षेत्रमा पुटिनले यसैगरी कब्जाको प्रयास गरेका थिए । अहिलेसम्म पनि जर्जियन भूभागको २० प्रतिशत रुसी सेनाकै अधिनमा छ । 

तर प्राविधिक अन्टरप्रेन्योर लेभ कालाशिनिकोभका अनुसार यसले अन्तत जर्जियालाई धेरै फाइदा हुनेछ किनकी यो आधुनिक रुसी इतिहासकै सबैभन्दा ठूलो ‘ब्रेनड्रेन’ हुनेछ । 

उनले टेलिग्राम मेसेजिङ एपमा आफूजस्तै प्राविधिक विज्ञहरुको एउटा समुह बनाएका छन् । पहिले त्यसमा सयजना मात्र रहेको तर अहिले ४ हजार बढी सदस्य पुगिसकेको उनी बताउँछन् । यसमा उनीहरुले बस्ने ठाउँ कहाँ खोज्ने, बैंक अकाउन्ट कसरी खोल्ने अनि सार्वजानिक स्थलमा रुसी भाषा बोल्नु कत्तिको सुरक्षित हुनेछ भन्नेबारे छलफल गर्ने गरेको बताए । 

जस्तै यभेजेनी लायमिनले जर्जियन भाषा पढ्न सुरु गरिसकेका छन् । उनी भन्छन्, “म पुटिनको विरुद्धमा छु म युद्धको विरुद्धमा छु । मैले अझैसम्म पनि रुसी बैंक अकाउन्टबाट आफ्नो पैसा निकाल्न सकेको छैन तर यो युक्रेनीहरुले भोग्नु परिरहेको संकटका अगाडि केही पनि होइन । ”
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८  १०:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro