site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
दानाको कच्चापदार्थको भन्सार घटाउन माग
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । नेपाल दाना उद्योग संघले दाना उत्पादन गर्ने उद्योगहरूलाई संरक्षण गर्नेतर्फ पहल गर्न आग्रह गरेको छ । उत्पादन लागत कम गर्न पनि नेपालमा उत्पादन नहुने तथा अपुग हुने कच्चापदार्थको भन्सार महसुल आगामी बजेटमार्फत परिवर्तन गर्न संघले माग गरेको छ ।

हाल नेपालमा करिब ११४ वटा दाना उद्योग छन् । करिब ६० भन्दा बढी ठूलो लगानीका पेलेट फिडहरू स्थापना भइसकेको संघले जनाएको छ । नेपालका दाना उद्योगहरूमा एक खर्ब रुपैयाँभन्दा बढीको लगानी भइसकेको र यो व्यवसायले एक लाख बढीलाई रोजगारी सिर्जना गरी युवालाई विदेशिनबाट रोकेको संघको दाबी छ । साथै, पोल्ट्री व्यवसायले नेपालको कुल ग्रार्हस्थ उत्पादनमा ४ प्रतिशत योगदान पुर्‍याएको संघको भनाइ छ ।

Dabur Nepal
NIC Asia

दाना बनाउने कच्चापदार्थ मुख्यतः मकै, भटमासको पिना, औषधिहरू, कच्चा तेल तथा फिड सप्लिमेन्टहरूको अस्वाभाविक मूल्यवृद्धिबाट उत्पादन लागत बढेको संघले जनाएको छ । आर्थिक वर्ष २०७४/०७५ को बजेटसम्म दाना उद्योगहरूका लागि आवश्यक पर्ने कच्चापदार्थहरू मकै तथा भटमासको पिना भन्सार महसुल १.६ प्रतिशत थियो । आर्थिक वर्ष ०७५/०७६ बाट मकैमा ५ प्रतिशत र भटमासको पिनामा ९ प्रतिशतसम्म कृषि सुधार शुल्क बढाएकोले स्वतः दानाको मूल्यमा वृद्धि हुन गएको संघले जनाएको छ ।

पशुपक्षीको आहारमा प्रयोग हुने धेरैजसो कच्चापदार्थहरूको मूल्य बढेसँगै दानाको मूल्य पनि बढेको छ । विगत दुई महिनादेखि सरदर १०० रुपैयाँ प्रतिकेजी रहेको भटमास पिना ११५ र ३८–३९ रहेको मकैको रेट ४७ रुपैयाँ प्रतिकेजी छ । जसका कारण दानाको उत्पादन लागत बढ्नुका साथै कृषकले उत्पादन गर्ने कुखुरा र अन्डाको लागत मूल्य पनि बढेको संघले जनाएको छ ।

संघले भटमासको पिनामा लाग्दै आएको कर ९ प्रतिशतबाट घटाएर पुरानै दर १.६ प्रतिशत हुनुपर्ने, मकैमा लाग्दै आएको कर ५ प्रतिशतबाट घटाई पुरानै दर १.६ प्रतिशत, औषधिमा लाग्दै आएको कर १० प्रतिशतबाट घटाएर पुरानै दर १ प्रतिशत कायम गर्न माग गरेको छ ।

यस्तै, बंगलादेशले भटमास पिना निर्यातमा लगाएको रोक खुलाउन बंगलादेश सरकारसमक्ष कूटनीतिक पहल गर्न आग्रह गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २९, २०७८  १६:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro