site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव संसद्मा पेस
फाइल तस्बिर ।

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लगाइएको महाअभियोग प्रस्ताव संसद्मा पेस भएको छ ।

आइतबारको प्रतिनिधिसभा बैठकमा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देव गुरुङले महाअभियोग प्रस्ताव प्रस्तुत गरेका हुन् ।

संसद्मा रहेका दलहरू नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी)का सचेतकहरू प्रस्तावक र ९५ सांसदको समर्थनमा जबराविरूद्ध यही फागुन १ गते महाअभियोग प्रस्ताव अघि बढाइएको थियो ।

नेपालको संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (१)  बमोजिम माओवादी केन्द्रका सचेतक गुरुङ, कांग्रेस सचेतक पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी)का सचेतक जीवनराम श्रेष्ठ प्रस्तावक रहेर लगाइएको महाअभियोग प्रस्ताव सोही नियमावलीको नियम १६१ को उपनियम (५) बमोजिम संसद् बैठकमा प्रस्तुत गरिएको हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, फागुन २९, २०७८  १३:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro