site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेविसंघको केन्द्रीय समितिमा दाबी गर्दैछन् यी विद्यार्थी नेता
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको तदर्थ समिति गठन गर्ने तयारी भइरहेको छ । केन्द्रीय पार्टी कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाबाहेकका पदाधिकारीहरू बसेर संघको विधानलाई पूर्णता दिने कार्य गरिरहेका छन् । 

फागुन ३ गते सम्पन्न पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले राजीव ढुंगानाको नेतृत्वतमा रहेको संघको वर्तमान तदर्थ समितिलाई भंग गर्दै नयाँ तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो । ०७६ सालमा ढुंगानाको नेतृत्वको तदर्थ समिति बनाउँदा संघको अधिवेशन ६ महिनाभित्र गर्न भनिएको थियो । तर, दुई वर्ष सम्म ढुंगानाको समितिले अधिवेशन गराउन नसक्दा समितिलाई भंग गरेर पुनः नयाँ तदर्थ समितिले ल्याउने तयारीमा कांग्रेसले गरेको छ । 

३ फागुनमा सम्पन्न भएको कार्यसम्पादन समितिले नेविसंघको नेतृत्व ३२ वर्ष मुनिको ल्याउन भनेको छ । अहिले कांग्रेसमा नेतृत्व ३२ वर्ष मुनिको ल्याउने कि माथिको ल्याउने भन्नेमा मतभेद छ । एक पदाधिकारी यो तदर्थ समितिमा सबैलाई अटाउने गरी ३२ वर्ष माथिको नेतृत्व ल्याउने तयारी भइरहेको बताउँछन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“चुनावको मुखमा सबैलाई समेटेर समिति ल्याउनुपर्छ । यो सबै समेट्ने अवसर पनि हो,” ती पदाधिकारी भन्छन् । 

तर, पार्टी महामन्त्री गगन थापा भने विधानअनुसार नेतृत्व ल्याउने तयारीमा आफूहरू रहेको बताउँछन् । 

Royal Enfield Island Ad

“विधानसम्मत तदर्थ समितिले ल्याउने गृहकार्य हो । संस्थामा थिति बसाउनुपर्छ भन्नेमा हामी जोड दिइरहेका छौँ,” महामन्त्री गगन थापाले भने ।

यस्तै सहमहामन्त्री भीष्मराज आङ्देम्बे पनि ३२ वर्ष मुनिकै पदाधिकारी ल्याउने तर्क गर्छन् । 

यी हुन् आंकाक्षी
नेतृत्वले ३२ मुनि वा माथि कस्तो समिति ल्याउने भन्ने यकिन गर्न सकेको छैन । ३२ मुनि या माथि जताबाट नेतृत्व आए पनि आकांक्षीहरूको लहर लामै छ । ३२ माथिको आए नैनसिंह महरको कार्यसमितिमा रहेका सबै पदाधिकारीहरू दाबेदार हुने निश्चित छ । 

तदर्थ समितिमा संस्थापन र इतर समूहबाट विद्यार्थी नेताहरूले तयारी गरिरहेका छन् ।

संस्थापन समूहबाट प्रेमराज जोशी, डुजाङ शेर्पा, नारायण पाण्डे, मनिष थापा, प्रेम शाही, सुमन केसीलगायत विद्यार्थी नेताहरूको नाम चर्चामा छ ।

कृष्णप्रसाद सिटौला निकट सुशील भट्ट पनि अध्यक्षको लाइनमा उभिएका छन् । ३२ मुनिको समिति आए शेर्पा नेविसंघको अध्यक्ष बन्न निश्चित भएको देउवा निकट नेताहरू मात्र होइन संस्थापन इतर समूह पनि बताउँछ ।

यस्तै संस्थापनइतर समूहबाट अध्यक्षमा सागर परियार, शिव रिमाललगायतका विद्यार्थी नेताहरू लाइनमा छन् । यस्तै, आरआर क्याम्पस इकाइ सभापति सञ्जिव ढकाल पनि सभापतिको दौडमा होमिएका छन् ।

एक पदाधिकारी संस्थापन इतर समूहबाट अध्यक्ष आउने सम्भावना देख्दैनन् । “शेरबहादुर देउवा समूहबाहेकले अध्यक्ष पाउँदैन,” उनी भन्छन् । 

नेविसंघको नेतृत्वमा छात्रा ल्याउनुपर्ने माग पनि उठेको छ । महिला नेतृहरू आफूहरूलाई नेतृत्व दिन पार्टी पदाधिकारीहरूलाई ध्यानाकर्षण गराइरहेका छन् । पूर्व केन्द्रीय सदस्यहरू गीता गुरुङ, पुनम भट्टलगायत रहेका छन् । 

यता, महामन्त्री पदमा पनि आकांक्षा राख्नेहरू पनि खुल्न थालेका छन् । संस्थापन इतर समूहबाट ताराबहादुर थापा महामन्त्रीको दौडमा लागेका छन् । थापा सुशील कोइराला सोसलिस्ट युथ सर्कलका अध्यक्ष हुन् । उनी पूर्वमहामन्त्री शशांक कोइरालासँग पनि निकट छन् । 

यस्तै, महामन्त्रीमै राज थेवेले आकांक्षा राखेका छन् । ताप्लेजुङबाट पार्टी महाधिवेशन प्रतिनिधिसमेत रहेका उनी संस्थापन समूह निकट मानिन्छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २७, २०७८  ०७:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro