site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युक्रेन युद्धको असर : तेलको भाउ १४ वर्षयताकै उच्च, प्रति ब्यारेल १३९ डलर पुग्यो
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

बीबीसी । तेलको भाउ २००८ पछिकै सबैभन्दा उच्च विन्दुमा पुगेको छ । अमेरिकासहित यसका मित्रराष्ट्रहरूले रुसी आपूर्तिमा प्रतिबन्ध लगाउनेबारे छलफल गरेसँगै तेलको मूल्य १४ वर्षकै उचाइमा पुगेको हो । त्यस्तै ग्यासको मूल्य पनि सबैतिर बढ्ने संकेत देखिएको छ । 

कच्चा तेलको मूल्य केही दिनमै प्रति ब्यारेल १३९ डलर पुगेको छ । एक ब्यारेल १५९ लिटर बराबर हुन्छ । तुलना गर्ने हो भने २०२१ मा कच्चा तेलको मूल्य औसतमा प्रति ब्यारेल ६२.२६ डलर मात्र थियो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

युक्रेनमा रुसको आक्रमण सुरु भएदेखि नै ऊर्जा बजारमा ठूलो उतारचढाव देखिएको छ । यसमा अहिले नै दुनियाँभर उपभोक्ताहरूले इन्धनको मूल्य वृद्धि महसुस गरिसकेका छन् । तेलका साथै यसले शेयर बजारमा पनि ठूलो प्रभाव पारिरहेको छ । 

रुस विश्वकै प्रमुख तेल निर्यातकर्ता भएकाले पनि यससँग कारोबार ठप्प पार्नुले दुनियाँभर असर गर्ने पक्का छ । कोभिड महामारीपछि केही सुधार अनुभव गरिरहेको विश्व अर्थतन्त्रमा फेरि ठूलो क्षति पुग्ने बताइएको छ ।

Royal Enfield Island Ad

तेल बजार सम्बन्धी विश्लेषक फर्म भान्डा इन्साइट्सले भनेको छ, “अमेरिकाले तत्कालै रुसबाट तेल निर्यात बन्द गराउन सक्छ तर युरोपका लागि यो निर्णय लिन सजिलो हुने छैन । किनकि यदि पुटिनले युरोपको ग्यास सप्लाई बन्द गरिदिए भने त्यहाँ वास्तवमै भयानक ऊर्जा संकट सिर्जना हुनेछ । ”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८  २२:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro