राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जारी केन्द्रीय कमिटी बैठकले ९७ जना केन्द्रीय सदस्य थप्ने निर्णय गरेको छ ।
अनुपम फुडल्याण्डमा पार्टीको जारी बैठकले केन्द्रीय सदस्य थप गर्ने निर्णय गरेको हो ।
थपिने केन्द्रीय सदस्यमा विद्यार्थी नेताहरु रमेश मल्ल, नरेन्द्र न्यौपाने, रन्जित तामाङ रहेका छन् । यस्तै तिलक भण्डारी, सुरेन्द्र बस्नेत, विजय गौतम, दीपक देवकोटा, पन्चा सिंह, उत्तम अधिकारीलगायत नेताहरुको नाम केन्द्रीय कमिटीमा थप गर्ने प्रस्ताव गरिएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८ १४:३३
प्रतिक्रिया दिनुहोस्