site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
अतिरिक्त शुल्क लिने नोबेल कलेजको सम्बन्धन खारेज गर्न संसदीय समितिको निर्देशन
SkywellSkywell

काठमाडौं । संसदीय समितिले नोबेल कलेजले अब पनि कानुन उल्लंघन गरे नियमानुसार सम्बन्धन खारेज गर्न चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिएको छ । 

सोमबार बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा समिति सभापति जयपुरी घर्तीले अतिरिक्त शुल्क बढी लिने नोबेल कलेजलाई नियम नमाने सीधै कारबाहीको दायरामा ल्याउन निर्देशन दिएकी हुन् । 

“कलेजको सिट संख्या घटाउने, नदिने या सम्बन्धन नै खारेज गर्नुपरे पनि त्यो हदसम्म तपाईंले कारबाही गर्नुभए हुन्छ,” सभापतिले भनिन् । 

Dabur Nepal
NIC Asia

पीडित विद्यार्थीले अतिरिक्त शुल्क लिएको विषयमा आन्दोलन गरेपछि कलेजले टर्चर गरेको बताउँदै आएका छन् । 

उनीहरूले १० फागुनमा कलेज स्थानान्तरणको माग गर्दै समितिमा निवेदन दिएका थिए । 

सो निवेदनमा आयोगको एकीकृत प्रवेश परीक्षाबाट योग्यता क्रममा परेर चिकित्सा शिक्षा अध्ययनका लागि अतिरिक्त शुल्क लिएको कुरा उठाउँदा जीवन सुरक्षित नरहने र राज्यका नीति नियम निर्देशन पालना नहुने भएकाले अन्यत्र सार्वजनिक शिक्षण संस्थामा स्थानान्तरणको माग गरेका छन् । 

अतिरिक्त शुल्क प्रतिनिधि विषय मात्र भएको, त्यहाँ दुव्र्यवहार र उजुरबाजुरमा समावेशी विद्यार्थीमा हुने जीवन सुरक्षा र शैक्षिक सुरक्षाको खतरा र धम्की धेरै पीडादायी भएको विद्यार्थीले निवेदनमा उल्लेख गरेका छन् ।

यसैगरी, कलेजले छात्रबास बनाउन धेरै खर्च लागेको र अनिवार्य बस्न भनेको भन्दै छात्रबासमा नबसे अनुत्तीर्ण गराइदिने विद्यार्थीकोे दुःखेसो छ । 

आयोगका उपाध्यक्ष प्राडा.श्रीकृष्ण गिरीले कलेजबाट विद्यार्थीलाई धम्की तथा गुनासो आएको जानकारी दिए । 

भन्छन्, “कलेजले विद्यार्थीलाई होस्टेल नबसे ब्याक लाग्छ भनेर ‘थ्रेट’ दिएको थियो । त्यसपछि आइतबार कलेजका प्रतिनिधि, आयोग र शिक्षा मन्त्रालयका प्रतिनिधिबीच छलफल भयो । २५ गतेसम्म यो समस्या सल्टाउने सहमति भएको छ ।”

समितिमा सांसदले विद्यार्थीको माग सम्बोधन गर्न बेवास्ता गरेको भन्दै आयोगका पदाधिकारीलाई बर्खास्त गर्न माग गरेका थिए । 

सांसद जीवनराम श्रेष्ठले विद्यार्थीहरूलाई डर, त्रास र धम्की दिइनु आपत्तिजनक भएको बताए । 

राज्य नै नभएको महसुस भयो भन्दै उनले भने, “अतिरिक्त शुल्क नदिनेलाई टर्चर दिनु कति लज्जाष्पद विषय हो । आयोग मूकदर्शक बन्यो । उहाँहरूले पदीय जिम्मेवारी नै निर्वाह गर्नुभएन ।”

सांसद नविना लामाले विद्यार्थीको मागमा आयोग संवेदनशील हुन नसकेको बताइन् । उनले भनिन्, “विद्यार्थीको भविष्यलाई सुरक्षित गरिनुपर्छ कलेज, आयोग र शिक्षा मन्त्रालयलाई कारबाही गर्नुपर्छ ।”

सांसद योगेश भट्टराईले आयोगका पदाधिकारीलाई स्पष्टीकरण सोध्नुपर्ने बताए । उनले भने, “आयोग संवेदनशील भएन । विद्यार्थीले प्रधानमन्त्री, शिक्षामन्त्रीसँग गुनासो गरेका छन् । नोबेलमा पढ्ने वातावरण आयोगले बनाउनुपर्छ ।” 

शिक्षा मन्त्रालयका सचिव हरि लम्सालले कलेजले विद्यार्थीका समस्या समाधान नगरे कारबाही प्रक्रिया अघि बढ्ने स्पष्ट पारे । ऐनअनुसार छात्रबास ऐच्छिक विषय हो । तर, नोबेलले अनिवार्य गरेको छ । नोबेलले अतिरिक्त शुल्क नबुझाएका विद्यार्थीलाई कक्षाबाट वञ्चित गरेको छ । विद्यार्थी लामो समयदेखि आन्दोलनमा छन् ।

आयोगका उपाध्यक्ष प्राडा गिरीका अनुसार आयोगले छिट्टै कलेज सञ्चालकसँग बैठक बस्दै छ । सो बैठकमा असहमति भए कारबाही खारेजीको प्रक्रिया अगाडि बढाउने उनले उनले बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८  १४:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro