site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सहकारीका लागि कोपकार्ड जारी गरिँदै

काठमाडौं । ग्लोबल आइएमई बैंक, राष्ट्रिय सहकारी बैंक र स्मार्टच्वाइस टेक्नोलोजिले सहकारीहरुलाई कोपकार्ड जारी गर्ने भएका छन् । उक्त कार्ड जारी गर्ने विषयमा त्रिपक्षीय सम्झौता भएको छ ।

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, स्मार्टच्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागाईँले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

बढ्दै गएको सहकारीको भूमिका र कारोबार समेतलाई मध्येनजर गर्दै सहकारीहरुले पनि न्यूनतम लागतमा सहजै एटीएम कार्ड जारी गर्नसक्ने प्रविधि र प्रकियाका साथ ग्लोबल आइएमई बैंकको प्रायोजनमा कोपकार्ड जारी गर्न लागिएको जनाइएको छ ।

ग्लोबल आइएमई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंकमार्फत यसका सदस्य सहकारीहरुले कोपकार्ड जारी गर्नेछन् । यसका लागि एससीटीले चाइना युनियन पे सँग सहकार्य गर्दै आएको जनाइएको छ ।  

सहकारीका सबै सदस्यलाई सेवा पुर्याउँदै अझ प्रभावकारी बनाउन राष्ट्रिय सहकारी बैंकको सहकार्यमा बैंकमा आबद्ध सम्पूर्ण सहकारीहरुलाई एउटै ब्राण्डको कोपकार्ड जारी गर्न लागेको जनाइएको छ । यसरी प्रदान गर्ने कार्ड अन्तर्राष्ट्रियस्तरको चिप कार्ड र कन्ट्याक्टलेस प्रविधिमा आधारित हुनेछ भने नेपाल तथा भारतका एटीएम÷पीओएसमार्फत सहजै चलाउन सकिने जनाइएको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८  ११:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro