अर्थ व्यवसाय
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइट पछि उडान–अवतरण नियमित भएको छ । क्यालिब्रेसन फ्लाइटका कारण विहान ११ः३० देखि दिउँसो २ः३० सम्म उडान प्रभावित भएको थियो ।
कार्यालयका अनुुसार आज अन्तर्राष्ट्रियतर्फ २८ र आन्तरिकतर्फ १४७ वटा उडान/अवतरण तालिका छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले एरो थाइमार्फत क्यालिब्रेसन फ्लाइट गराएको हो । यो जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइटका लागि नेपालमा ल्याइएको थियो । सो जहाजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइट सम्पन्न गरिसकेको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७८ १५:५९
प्रतिक्रिया दिनुहोस्