site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बाँकेको नरभक्षी बाघ चितवनमा, फेरि बस्ती पस्ने जोखिम कति ?  

काठमाडौं । गएको माघ २२ गते बाँकेको राप्ती सोनारी गाउँपालिका–४ की लीला विष्ट राप्तीपीडित सामुदायिक वनमा घाँसदाउराका लागि गइन् । सो क्रममा नरभक्षी बाघको निसानामा परेपछि घर फर्किनन् । 

सोही घटनाको दुई दिनपछि राप्ती सोनारी–६ की चाँदनी थारू पनि घाँसदाउरा गर्ने क्रममा सोही नरभक्षी बाघको आक्रमणमा परी कहिल्यै घर नफर्किने गरी बिदा भइन् । यी दुई घटना हुनुभन्दा पहिले सामुदायिक मध्यवर्ती क्षेत्रमा सोही बाघको आक्रमणबाट एक भारतीय नागरिकको ज्यान गएको थियो । 

त्यस्तै, केही समयअघि स्थानीय दुर्गा थारु सोही बाघको आक्रमणबाट घाइते भएकी थिइन् । उनी सामान्य उपचारपछि घर फर्किइन् ।

यही फागुन पहिलो साता मात्रै नरभक्षी बाघको आक्रमणबाट स्थानीय धनबहादुर चलाउनेको ज्यान गएको छ । त्यसपछि बाघको आक्रमणबाट वकिल गद्दी घाइते भए । हाल उनी बाँकेस्थित एक अस्पतालमा उपचाररत छन् ।

वन डिभिजन कार्यालय बाँकेका सूचना अधिकारी गणेशबहादुर खड्काले घाइते गद्दीको उपचार भइरहेको जानकारी दिए । ‘‘अस्पताल भर्ना भएको १५ दिनजति भयो । उनको स्वास्थ्यमा सुधार आउँदै छ । लामो समय उपचार गराउनुपर्छ होला,” उनले भने । 

पटक–पटक मानिसलाई आक्रमण गर्दै ज्यान लिने नरभक्षी बाघलाई बुधबार वन डिभिजन कार्यालय बाँकेले नियन्त्रणमा लियो । राप्ती सोनारी गाउँपालिका–६ राप्तीपीडित सामुदायिक वनबाट नियन्त्रणमा लिइएको बाघलाई वन प्रशासनले बाँके राष्ट्रिय निकुञ्जमा बुझाएको थियो । 

तर, बाँके राष्ट्रिय निकुञ्जलाई पनि नियन्त्रणमा लिन असहज हुने भएपछि चितवन राष्ट्रिय निकुञ्जमा पठाइएको छ । चितवन राष्ट्रिय निकुञ्जका अनुसार अब नरभक्षी बाघ चितवन राष्ट्रिय निकुञ्जमै रहनेछ । 

बाघलाई नियन्त्रणमा लिन वन प्रशासनले लामो समयदेखि अनेक जुक्ति लगाउँदै आएको थियो । सूचना अधिकारी खड्काका अनुसार अहिलेसम्म बाघको आक्रमणबाट पाँचजनाको ज्यान गएको छ भने दुईजना घाइते भएका छन् । 

बाघ नियन्त्रणका लागि वन डिभिजन कार्यालयले २६ गतेदेखि आहारा प्रजाति (डार्ट) राखी सामुदायिक वनका कर्मचारी, भेटेनरी डाक्टर, नेपाल प्रहरी र नेपाली सेना परिचालित थिए । 

खड्का भन्छन, ‘‘आक्रामक बाघलाई त्यसै समात्न सम्भव थिएन । बाघको खाना आहरा प्रजाति राखियो । बाघ आहारा प्रजातिको ठाउँमा घुम्छ । बाघलाई आहारा प्रजातिलाई मारेर खान समय लाग्छ । बाघले डार्ट हानेपछि मार्न र खान समय लाग्छ । त्यसपछि बेहोस हुन थालेपछि समातिन्छ ।”

खड्काले घलाई नियन्त्रणका लागि यसअघि दुई पटक आहारा प्रजाति (डार्ट) राखिए पनि बाघले डार्ट नहानेको बताए । 

‘‘मंगलबार राति चार बजेतिर बाघले डार्ट हानेछ । डार्ट राखेको क्षेत्रमा हामीले स्कान क्यामेरा राखेका थियौँ ।  बाघले डार्ट हानेपछि क्यामेराले हामीलाई फोटो खिचेर पठाउँथ्यो । त्यसका आधारमा हामी त्यहाँ पुग्यौँ,” उनले भने । 

बाघले प्रजाति आहारा (डार्ट) खान थालेपछि वन प्रशासनको टोलीले रुखमाथि चढेर डार्टिङ हानेको थियो । 

‘‘हामी रुख चढ्यौँ । गनबाट बाघलाई लट्ठ्याउने डोज सुई हान्यौँ । त्यसको केही बेरमा बाघ लठ्ठिएर ढल्यो । त्यसपछि बाघलाई स्टेचर वा इन्क्लुजर (बाघ राख्ने खोर) मा राखेर नेपाली सेना, वन प्रशासन, नेपाल प्रहरी, उपभोक्ताको समूहलगायतको टोलीले बाँके राष्ट्रिय निकुञ्जमा बुझायो,” उनले भने । 

बाँके राष्ट्रिय निकुञ्जका अनुसार आक्रामक बाघ व्यवस्थापनका लागि होल्डिङ छ । उक्त होल्डिङ सेन्टर निर्माणाधीन अवस्थामा रहेको निकुञ्जका प्रमुख श्यामकुमार शाहले बताए । 

‘‘यहाँ अव्यवस्थित हुने भएकाले गएराति नै चितवन राष्ट्रिय निकुञ्जमा पठाइएको छ । चितवनमा व्यवस्थित तरिकाले बाघलाई राखिनेछ,” उनले भने । 

आक्रामक बाघलाई नियन्त्रणमा लिएर व्यवस्थापन गरेकाले स्थानीयलाई घाँस दाउरा गर्न सजिलो हुने खड््काले जानकारी दिए । 

खड्काले बाघ आक्रामण पटक–पटक दोहोरिँदा पनि स्थानीय सचेत नरहेको उनको भनाइ छ । 

‘‘मान्छेहरुको हेलचेक्राइका कारण पटक–पटक घटना घटेका छन् । एउटा घटनापछि अर्को घटना हुन नदिन स्थानीय नै सचेत हुनुपर्छ,” उनले भने, “हामीले जनचेतनाका काम गर्दै आए पनि घटना रोकिएनन् । ”

‘‘सुरुमा बाघको आनीबानी हेरौँ । त्यसपछि निदान गर्ने कुरा हो । अहिले तत्काल निकुञ्जकोे कठारामा राखिनेछ,” उनले भने ।

प्रकाशित मिति: बिहीबार, फागुन १९, २०७८  १४:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro