अर्थ व्यवसाय
काठमाडौं । अनलाइन बजार दराजले आईएमई पेसँग साझेदारी गरी हरेक आइतबार आईएमई पे डे सुरु हुने घोषणा गरेको छ । यससँगै दराज र आईएमई पे प्रयोगकर्ताहरूले आफ्नो आईएमई पे वालेट मार्फत दराजमा भुक्तानी गर्दा हरेक आइतबार १० प्रतिशत (अधिकतम ३५० रुपैयाँ)सम्मको अतिरिक्त छुट पाउने भएका छन् ।
साथै दराजका ग्राहकहरूले आफ्नो आईएमई पे भिसा कार्डमार्फत भुक्तानी गर्दा हरेक आइतबार १० प्रतिशत (अधिकतम ५०० रुपैयाँ) सम्मको अतिरिक्त छुट पाउने जनाएको छ ।
सम्झौतामा दराज नेपालका डिजिटल पेमेन्ट एन्ड पार्टनरसिप प्रमुख अरूण फुयाँल र आईएमई पेका सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्न्यातले हस्ताक्षर गरेका छन् ।
प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८ १७:४२
प्रतिक्रिया दिनुहोस्