काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले सूर्या सुरक्षाकवज बिमा योजना ल्याएको छ । हालको विषम परिस्थितिमा आर्थिक क्षेत्रमा आएको मन्दी तथा कोरोना भाइरसले जनजीवनमा देखिएको त्रासका कारण समेत जीवनको रक्षावरण गर्न अपरिहार्य रहेको सन्दर्भमा यो योजना लोकप्रिय हुने कम्पनीले जनाएको छ ।
बिमा गर्दा ठुलो धनराशीको आवश्यकता पर्ने भ्रम जनमानसमा रहेको अवस्थामा यो जीवन बिमा योजनाले बिमालाई हेर्ने दृस्टिकोणमा समेत सकारात्मक प्रभाव पर्ने र बिमाको दायरा फराकिलो बनाउनमा सहयोग गर्ने कम्पनीले जनाएको छ ।
१८ वर्षको उमेर समुहले १ करोड रुपैयाँको बिमाङ्कमा वार्षिक १४ हजार ५५० वा मासिक १२ सय रुपैयाँमा बिमा गर्न सक्ने कम्पनीले जनाएको छ । १८ देखि ६५ वर्षका सबै नागरिक सुरक्षित र जीवनको रक्षावरण होस भन्ने अवधारणलाई आत्मसात गरी सम्भवत: नेपालको बिमा बजारमा सबै भन्दा न्यून बिमा शुल्कमा यो जीवन बिमा प्रचलनमा ल्याईएको कम्पनीले जनाएको छ ।
सूर्या सूरक्षाकवज योजना न्यूनतम १ लाखदेखि आयस्रोतको आधारमा जतिपनि गर्न सकिनेछ । जोखिम बहनका साथै अतिरिक्त क्रिया खर्च सहितको सुविधा भएको यो योजनालाई अन्य योजनाहरूसँग समिश्रण गरी थप जोखिम बहन हुने गरी लिन सकिने जनाइएको छ । १ देखि ३० वर्षसम्म बिमा अवधि भएको यो जीवन बिमा योजनामा बीमितको इच्छानुसार एकल भुक्तानी वा बार्षिक, अर्धबार्षिक, त्रैमासिक तथा मासिक किस्तामा बिमा शुल्क रकम बुझाउन सकिने जनाइएको छ ।