site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ब्याजदर बढाउँदा पनि बढेन निक्षेप
SkywellSkywell

काठमाडौं । ब्याजदर वृद्धिले पनि बैंकिङ प्रणालीमा निक्षेपमा सुधारात्मक संकेत देखिएन । नेपाल राष्ट्र बैंकको निर्देशनपछि फागुन महिनामा बैंकहरुले यसअघि ३ महिनमासम्म स्थिर राखेको ब्याजदर वृद्धि गरेका थिए ।

माघसम्म मुद्धति निक्षेपमा  अधिकतम १०.०५ (रेमिट्यान्समा ११.०५) प्रतिशत बयाजदर दिँदै आएका बैंकहरुले फागुनमा  निक्षेपको  ब्याजदर बढाएर मुद्धति निक्षेपमा  अधिकतम ११.०३ प्रतिशत (रेमिट्यान्समा १२.०३) पुर्याएका थिए ।  तर, उक्त ब्याजदर वृद्धिले पनि बैंकहरुमा निक्षेपमा सुधार नदेखिको तथ्यौक आएको छ । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले उपलब्ध गराएको  फागुन महिनाको दोस्रो साताको तथ्यांकमा निक्षेपमा सुधार नदेखिए पनि कर्जा लगानीमा भने सुस्त वृद्धि देखिएको छ ।

KFC Island Ad
NIC Asia

माघ मसान्तमा वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ११ अर्ब रहेकोमा फागुन दोस्रो शुक्रबार १३ गते आउँदा २ अर्बले मात्रै बढेर ४३ खर्ब १३ अर्ब पुगेको छ । यही दुई सातामा कर्जा लगानी भने १० अर्बले विस्तार भएको छ । माघ मसान्तमा ४१ खर्ब ५५ अर्ब रहेको कर्जा फागुन ६ गते ४१ खर्ब ५९अर्ब र फागुन १३ गते आउँदा ४१ खर्ब ६५ अर्ब पुगेको छ ।

चालु आर्थिक वर्षको साढे ७ महिनाको तथ्यांक हेर्ने हो भने वाणिज्य बैंकहरुले साढे ४ खर्ब  कर्जा विस्तार गर्दा निक्षेप भने १ खर्ब मात्रै बढेको छ । २०७८ असार मसान्तमा ४२ खर्ब १ अर्ब रहेको वाणिज्य बैंकहरुको कुल निक्षेप २०७८ फागुन १३ गते आउँदा बढेर ४३ खर्ब १३ अर्ब पुगेको हो । 

२०७८ असार मसान्तमा ३७ खर्ब २१ अर्ब रहेको वाणिज्य बैंकहरुको कर्जा लगानी २०७८ फागुन १३ गते ४ खर्ब ४४ अर्बले विस्तार भएर ४१ खर्ब ६५ अर्ब पुगेको छ ।

लगातार निक्षेपभन्दा कर्जा वृद्धि उच्च रहँदा बैंकिङ प्रणालीको सीडी रेसियो  ९० प्रतिशतभन्दा माथि नै रहेको छ । गत शुक्रबारको बैंकिङ प्रणालीको औसत सीडी रेसियो ९०.३२ प्रतिशत रहेको छ । यस्तै ७ प्रतिशत माथिल्लो सीमा रहेको अन्तर बैंक ब्याजदर ६.९९ प्रतिशत रहेको छ ।

फागुन १५ गतेको  बैंकहरुले  राष्ट्र बैंकसँग लिएको स्थायी तरलता सुविधा १ खर्ब ३४ अर्ब भन्दामाथि रहेको छ भने रिपो २० अर्बगरी राष्ट्र बैंकले १ खर्ब ५४ अर्बभन्दा बढी तरलता बजारमा पम्प गरेको छ ।

बैंकहरुले राष्ट्र बैंकबाट लिएको पुनर्कर्जालाई पनि निक्षेपमा गणना गर्न सक्नेछन् । चालु आर्थिक वर्षमा मात्रै राष्ट्र बैंकले १ खर्ब ६ अर्ब पुनर्कर्जा पठाएको छ । गत आवको  पुनर्कर्जासमेत गणना गर्ने हो भने १ खर्ब ५५ अर्बभन्दा धेरै पुर्नकर्जा प्रणालीमा रहेको छ । यसले तरलता अवस्थामा कुनै पनि सकारात्मक संकेत नदेखिएको प्रस्ट हुन्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८  १६:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro