राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक जीवनराम श्रेष्ठले व्याख्यात्मक घोषणा जनता झुक्याउन नभएर कार्यान्वयन गर्नका लागि ल्याइएको बताएका छन् ।
आजको प्रतिनिधि सभा बैठकमा उनले व्याख्यात्मक घोषणा सकारात्मक भएको पनि बताए । जनताको बीचमा एमसीसीका बारेमा सत्यतथ्य कुरामा जानुपर्ने उनको भनाइ छ ।
“यो घोषणा सम्झौताको अंग बन्नेगरी, जनता झुक्याउनेगरी होइन् । यसलाई कार्यान्वयन गर्न ल्याइएको हो भन्ने हामीले बुझेका छौँ," उनले भने ।
अमेरिकाले कार्यान्वयन नगरे यसलाई निष्क्रिय गर्ने व्यवस्था हुनुपर्ने उनले बताए ।
प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८ २०:४८
प्रतिक्रिया दिनुहोस्