काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामा ईसेवा ट्राभल्स एन्ड टुर्सको ब्रान्ड एम्बेस्डर नियुक्त भएका छन् ।
क्याप्टेन लामा ब्रान्ड एम्बेस्डर नियुक्त भएसँगै अन्तर्राष्ट्रिय हवाई टिकट क्षेत्रमा थप पारदर्शीता कायम हुनुका साथै आम मानिसले कम मूल्यमा सहज रूपमा टिकट काट्न सक्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।
ईसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले विजय लामाजस्तो बहुआयामिक व्यक्तिलाई ब्रान्ड एम्बेस्डर बनाउन पाउँदा गर्व महसुस भएको बताए । “एफवान थप पारदर्शीता, सुलभता र सहजता ल्याउन सहयोग पुग्ने अपेक्षा पनि गरेका छौँ,” उनले भने ।
क्याप्टेन लामाले नेपालको डिजिटल पेमेन्ट क्षेत्रमा अग्रणी ईसेवासँग जोडिन पाउँदा खुुसी लागेको बताए । ईसेवाले आन्तरिक टिकटिङ क्षेत्रमा आफूलाई प्रुफ गरिसकेको र अन्तर्राष्ट्रिय टिकटिङको क्षेत्रमा पनि आफूलाई प्रुफ गर्ने विश्वास रहेको उनले बताए ।
एफवान सफ्टका सीईओ सुवास शर्मा, ईसेवा टुर्सका निर्देशक मेख केसीले पनि अन्तर्राष्ट्रिय टिकटिङको क्षेत्रमा ईसेवाले थप सहजता ल्याउने विश्वास व्यक्त गरे ।
ईसेवाले नेपालको आन्तरिक उडानको क्षेत्रमा लामो समयदेखि टिकट बिक्री गर्दै आएकोमा अन्तर्राष्ट्रिय उडानहरूका समेत टिकट बिक्री गर्न सुरु गरेको छ । वैदेशिक यात्रामा जाने हरेक नेपालीले ईसेवामार्फत कुनै पनि देशका कुनै पनि गन्तव्यका हवाई टिकट सहजै काट्न सक्ने जनाइएको छ ।