site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्वास्थ्यमन्त्री र मुख्यसचिवद्वारा अंगदानको घोषणा
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा । फाइल तस्बिर ।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा र नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले अंगदान गर्ने घोषणा गरेका छन् ।

आइतबार राष्ट्रिय स्वास्थ्य सेवा दिवस–२०७८ को अवसरमा बोल्दै मन्त्री खतिवडा र मुख्यसचिव बैरागीले मुत्युपश्चात् अंगदान गर्ने घोषणा गरेका हुन् ।

कार्यक्रममा स्वास्थ्यमन्त्री खतिवडाले आफू अंगदान गर्न इच्छुक रहेको र लिखित हस्ताक्षर गराउने व्यवस्था मिलाइदिन आग्रह गरे ।

त्यस्तै, नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले आफू अंगदान गर्न इच्छुक रहेको र आगामी दिनमा स्वेच्छिक धारणाहरू सार्वजनिक गर्ने बताए । उनले नेपालले विगत दुई वर्षयता स्वास्थ्य पूर्वाधार र जनशक्ति विकासको क्षेत्रमा उल्लेख्य फड्को मारेको पनि बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८  १२:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro