site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युक्रेनका राष्ट्रपतिद्वारा युरोपेली मुलुकलाई थप सहयोगको आग्रह 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

किभ । युक्रेनका राष्ट्रपति भालोदिमिर जेलेन्स्कीले आफ्ना जनतालाई रुसी आक्रमणको डटेर प्रतिवाद गर्न आह्वान गरेका छन् ।साथै उनले युरोपेली मुलुकहरूलाई मद्दतका लागि थप कार्य गर्न अनुरोध गरेका छन् ।

आक्रमणको दोस्रोदिन पहिलोपटक रुसी ट्याङ्कहरू राजधानी किभ प्रवेश गरेको देखिएको छ । युक्रेनी सैनिक सवारी साधनहरू पनि प्रतिरक्षाका लागि दौडादौड गरिरहेको देखिन्छन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

यसैबीच युक्रेनी सरकारी अधिकारीहरूले स्वयमसेवकहरूलाई १८ हजार बन्दुक बाँडेको तथा तिनीहरूलाई पेट्रोल बम कसरी बनाउने भन्नेबारे निर्देशन दिइएको बताएका छन् । 

राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा जेलेन्स्कीले भनेका छन्, "मुलुकभरिनै युद्ध जारी छ । रुसी ट्याङ्कहरूले हाम्रा सहरहरूका आवासीय भवनहरूमा गोलाबारी गरिरहेका छन् ।"

Royal Enfield Island Ad

अमेरिका, बेलायत र युरोपेली संघ सबैले मस्को माथि आक्रमणका लागि आर्थिक संजाय दिइसकेका छन् । तर तिनीहरूले अझैसम्म पनि रुसलाई अन्तर्राष्ट्रिय बैंकिङ प्रणाली (स्विफ्ट) बाट भने हटाइसकेका छैनन् । 

जेलेन्स्कीले भनेका छन्,"पश्चिम जगत, त्यसमा पनि विशेषगरी युरोप नजिकका मुलुकहरूले विना अबिलम्व थप कारबाही अघि बढाउनु पर्दछ । यो आक्रमण रोक्ने युरोपसँग प्रशस्त शक्ति छ । ट्याङ्क र लडाकु विमानबाट अहिले भइरहेको आक्रमणले ७५ वर्ष अघिको दोस्रो विश्व युद्धको सम्झना दिइरहेको छ । यसका प्रतिवादमा रुसलाई स्विफ्टबाट अलग्याउने, भिसा प्रतिबन्ध लगाउने र रुस तर्फको वायु क्षेत्र बन्द गर्ने जस्ता थुप्रै कार्य गर्न सकिन्छ ।"

युद्ध सुरु भएयता रुसले पहिलोपटक युक्रेन समक्ष वार्ताका लागि प्रस्ताव राखेपछि जेलेन्स्कीको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो ।    

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८  २३:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro