विदेश
अलजजिरा । युक्रेनको उपरक्षा मन्त्रीले करिब दुई हजार आठ सय रुसी सैनिक मारिएको दाबी गरेका छन् ।
युक्रेनी सेनाले स्थानीय समयअनुसार दिउँसो ३ बजेसम्म करिब ८० रुसी ट्याङ्क, पाँच सय १६ सशस्त्र लडाकु सवारी साधन, १० ओटा विमान र सातओटा हेलिकप्टर पनि ध्वस्त गरेको हान्ना मल्यारले फेसबुकमा पोस्ट गरेको विज्ञप्तिमा भनिन् ।
यी दावीहरूमाथि मस्कोले तत्काल कुनै प्रतिक्रिया दिएको छैन । यसलाई स्वतन्त्र रूपमा प्रमाणित गर्न आफू असमर्थ भएको अलजजीराले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८ २२:१३
प्रतिक्रिया दिनुहोस्