site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एमसीसीविरुद्धको आन्दोलनमा गम्भीर घाइते भएका अवस्थीलाई प्रहरीले नै रगत दिएर बचाए

काठमाडौं । एमसीसीविरुद्ध काठमाडौंको बिजुलीबजार क्षेत्रमा भएको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका डडेलधुराका २७ वर्षीय हेमराज अवस्थीलाई प्रहरीले नै रगत दिएको छ ।

बिहीबार बिजुलीबजार क्षेत्रमा उनी घाइते भएका थिए । उनी कसरी घाइते भए भन्ने खुलेको छैन । टाउकोमा चोट लागेको छ । उनलाई सुरुमा राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको थियो । पछि शल्यक्रियाका लागि अन्नपूर्ण न्युरो अस्पताल रेफर गरिएको थियो ।

गए राति नै उनको अन्नपुर्ण न्युरो अस्पतालमा शल्यक्रिया गरिएको छ । शल्यक्रिया सफल भएको र उनलाई भेन्टिलेटरबाट आईसीयूमा सारिएको तथा स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले जानकारी दिए ।

शल्यक्रियाका लागि अवस्थीलाई तीन *पिन्ट  ‘ओ’ नेगेटिभ रगत आवश्यक परेको थियो । जसमध्ये एक पिन्ट रगत प्रहरीजवान समीनाथ यादवले दिएका हुन् । उनी प्रहरीको एक नम्बर गण नक्सालमा कार्यरत छन् । राति ९ बजे प्रहरी जवान यादवले रगत दिएका थिए ।

एसएसपी गिरीले भने, “ओ नेगेटिभ रगतको अभाव भएको जानकारी पाएपछि हामीले सबैतिर खबर गर्‍यौँ । नक्साल गणमा कार्यरत प्रहरीकै सो समूहको रगत भएको जानकारी पाएपछि हामीले थप समन्वय गरेर रक्तदानमा सहयोग गर्‍यौँ ।”

अवस्थी सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)को कार्यकर्ता भएको खुलेको छ । काठमाडौंमा टीकाथलीमा बस्दै आएका उनी डडेलधुराको नवदुर्गा गाउँपालिका–५ का स्थायी बासिन्दा हुन् ।

उनका बुवा माओवादी केन्द्रका वडा सचिव रहेको पनि खुलेको छ । उनी काठमाडौंमा कोरियन भाषा अध्यापन गराउँदै आएको र घरजग्गा कारोबारमा पनि संलग्न रहेको खुलेको छ ।

अवस्थी अमेरिकी सहयोग परियोजना (एमसीसी)विरुद्धको आन्दोलनमा सुरुदेखि नै सक्रिय रहँदै आएको माओवादी केन्द्रका नेता खगराज भट्टले जानकारी दिए ।

पछिल्लो केही दिनयता काठमाडौंमा एससीसीको विरोधमा निरन्तर प्रदर्शन हुँदै आएको छ । प्रदर्शनमा माओवादी केन्द्रका नेता–कार्यकर्ता बढी देखिएका छन् । प्रहरी र प्रदर्शनकारीबीच झडप समेत हुँदै आएको छ ।

*पिन्ट हुनुपर्नेमा यसअघि अन्यथा परेकोले सच्याइएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८  १०:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro