site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नक्कली जग्गाधनी पूर्जा देखाएर बैना गरी रकम ठगी गर्ने पक्राउ

काठमाडौं । नक्कली जग्गाधनी पूर्जा देखाई जग्गा बैना गरी रकम ठगी गरेको आरोपमा काठमाडौंबाट एकजना पक्राउ परेका छन् । बूढानीलकण्ठ नगरपालिका–११ कपन बस्ने ओखलढुंगा चन्पादेबी गाउँपालिका–८ का ३९ वर्षीय हितबहादुर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो ।

हितबहादुरले काठमाडौं साँखुस्थित साल्खा–६ (ख) मा रहेको कित्ता नम्बर ७५९ को २ रोपनी जग्गामध्ये ८ आना जग्गा ३५ लाख रुपैयाँ मा दिने भन्दै धनीपूर्जा र नक्साको फोटो कपी दिई ३५ दिनमा राजीनामा पास गरिदिन्छु भनी जग्गाको बैनाको कागज बनाएर पटकपटक गरी बैंक खातामा पीडितबाट ३३ लाख रुपैयाँ जम्मा गर्न लगाएको खुलेको छ ।

विभिन्न बहानामा जग्गा पास नगरी झुलाई रहेपछि पीडित मालपोत कार्यालय साँखुमा गई बुझ्दा उक्त जग्गा हितबहादुरको नाममा नभएको खुल्न आएको थियो ।

अन्य व्यक्तिको नाममा भएको जग्गा आफ्नो भनि बैना गर्न लगाई आफूलाई ठगी गरेको भनि पीडितले दिएको जाहेरीको आधारमा प्रहरीले हितबहादुरलाई कपनबाट पक्राउ गरी आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८  १२:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro