site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बलात्कारको आरोप लागेका सांसद मोहन बानियाँ प्रहरीको सम्पर्कमा
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । बलात्कारको आरोप लागेका नेकपा (एमाले)का नेता तथा मुगुका सांसद मोहन बानियाँ प्रहरीको सम्पर्कमा आएका छन् । जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी जारी गरेपछि सम्पर्कविहीन भएका बानियाँ प्रहरीको सम्पर्कमा आएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मधुसूदन न्यौपानेले पूर्वमन्त्रीसमेत रहेका बानियाँले प्रहरीलाई सम्पर्क गरेर केही दिनमै प्रहरी कार्यालयमा उपस्थित हुने जानकारी गराएको बताए ।

Dabur Nepal
NIC Asia

‘‘हामीले प्रक्रिया अगाडि बढाउन सबै काम सकिसकेका छौँ । सांसद बानियाँले हामीलाई खबर गरेर केही दिनमा आउने भन्नुभएको छ । एमसीसीलगायत सदनका काम सकाएर म आफैँ आउँछु भन्नुभएको छ । नआए हामी आफ्नो तरिकाले पक्राउ गर्छौँ,” डीएसपी न्यौपानेले भने ।

यही फागुन ४ गते जुम्लाकी एक शिक्षिकाले सांसद बानियाँले बाँकेस्थित अप्सरा होटेलमा आफूमाथि जबरजस्ती करणी गरेको भनी मुद्दा दायर गरेकी थिइन् । त्यसपछि जिल्ला अदालत बाँकेले उनलाई पक्राउ गर्न आदेश दिएको थियो ।

ती शिक्षिकाले प्रहरीले बानियाँलाई पक्राउ गर्न आनाकानी गरिरहेको आरोप लगाएकी छन् । ‘‘पक्राउ पुर्जी जारी गरेको लामो समय भयो । अहिलेसम्म कुनै खबर आएको छैन,” उनले भनिन् ।

सांसद बानियाँले पनि आफू निर्दोष रहेको बताउँदै आएका छन् । उनले भनेका छन्, “मलाई फसाउने षड्यन्त्र भइरहेको छ ।”

ती शिक्षिकाले संयुक्त व्यावसायिक प्रयोजनका लागि बानियाँलाई २५ लाख रुपैयाँ दिएको तर फिर्ता नपाएको बताउँदै आएकी छन् । सांसद बानियाँले भने शिक्षिकाको पूरै पैसा फिर्ता दिइसकेको बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ११, २०७८  १३:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu