देश
काठमाडौं । आउँदो महाशिवरात्रि पर्वमा पशुपतिनाथ क्षेत्रमा करिब १० हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।
महाशिवरात्रि पर्व–२०७८ मूल समारोह समितिका अनुसार उल्लेखित संख्यामा सुरक्षाकर्मी परिचालित हुने भएका हुन् । समितिले विभिन्न १० उपसमिति गठन गरेको जानकारी दिएको छ ।
विगतका वर्षभन्दा यो वर्ष भव्य रूपमा पाशुपत क्षेत्र सजाइने बताइएको छ ।
समितिले यो वर्ष महाशिवरात्रिमा १० लाख भक्तजन पशुपतिनाथ दर्शन गर्न आउने अनुमान गरेको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७८ १२:५८
प्रतिक्रिया दिनुहोस्