काठमाडौं । माछापुच्छ्रे बैंकले बैंकको नायव प्रमुख कार्यकारी अधिकृत पदमा सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने तथा उपमहाप्रबन्धक पदमा प्रसिद्धराज अर्याललाई बढुवा गरेको छ ।
नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा भएका थापा र न्यौपाने दुवै जनासँग दुई दशक बढीको बैंकिङ अनुभव छ ।
माछापुच्छ्रे बैंकमै लामो समयसम्म उच्च व्यवस्थापन तहमा रही कुशल नेतृत्व, व्यवस्थापकीय दक्षता भएका थापा बहुबैंकिङ व्यवसाय र न्यौपाने सञ्चालन तथा जोखिम व्यवस्थापनमा अब्बल मानिन्छन् ।
त्यस्तै उप महाप्रबन्धक पदमा बढुवा भएका अर्यालसँग पनि बैंकिङ क्षेत्रमा दुई दशकको अनुभव छ । अर्यालसँग क्रेडिट व्यवसाय, ट्रेजरी, ब्रान्च अपरेसन, माइक्रो फाइनान्स लगायतका क्षेत्रमा काम गरेको राम्रो अनुभव रहेको जनाइएको छ ।