राजनीति
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदले अवरोध गरेका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको जानकारी गराउनसाथ एमालेका सांसदहरूले नाराबाजी गरेका हुन् । उनीहरूले ‘संसदीय सर्वोच्चता कायम गर’लगायत नारा लगाएका छन् ।
पार्टीले कारबाही गरेका १४ सांसद्बारे सभामुख सापकोटाले सूचना टाँस नगरेको भन्दै एमालेले लामो समयदेखि संसद् अवरुद्ध गर्दै आएको छ । एमालेले ती सांसदलाई कारबाही गरेको सूचना टाँस गर्न वा मार्गप्रशस्त गर्न सभामुखलाई भन्दै आएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८ १३:२७
प्रतिक्रिया दिनुहोस्