site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
राष्ट्र उत्थान लघुवित्तको आईपीओ आजदेखि बिक्री खुला
SkywellSkywell

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आजदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । लघुवित्तले जारी पुँजीको ३२.६९ प्रतिशतले हुन आउने आठ करोड ५० लाख रुपैयाँ बराबरको आठ लाख ५० हजार कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँका दरले साधारण सेयर जारी गर्ने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको हो । कुल सार्वजनिक निष्कासन गर्न लागेको सेयरमध्ये ५ प्रतिशतले हुन आउने ४२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ । त्यस्तै, १३ हजार कित्ता संस्थाका कर्मचारीलाई सुरक्षित गदै सात लाख ९४ हजार ५० कित्ता सर्वसाधारणका लागि बिक्री खुला गर्न लागिएको कम्पनीले जनाएको छ ।

Dabur Nepal
NIC Asia

उक्त आईपीओमा छिटोमा यही फागुन ८ गते र ढिलोमा फागुन १८ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० देखि एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासनका लागि गराएको क्रेडिट रेटिङमा इक्रा रेटिङ नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बी रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्छ ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् ।

हाल १७ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको आईपीओ बाँडफाँडपश्चात् २६ करोड चुक्ता पुँजी पुग्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८  ०५:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro