site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्वास्थ्यमन्त्रीलाई बर्खास्त गर्न एमालेको माग 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेकपा (एमाले)ले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको राजीनामा मागेको छ । एमालेको स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगेश भट्टराईले मंगलबार विज्ञप्ति जारी गर्दै खतिवडालाई बर्खास्त गर्न प्रधानमन्त्रीको ध्यानकर्षण गराएका छन् ।

मन्त्री खतिवडाले २४ लाख खोप ‘हराएको’ ढाकछोप गर्न खोजेको र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले ल्याएको खोप आफूहरूले किनेर लगाएको भन्ने अभिव्यक्ति दिएको भन्दै एमालेले आपत्ति जनाएको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“आमजनता कोभिड–१९ बाट आक्रान्त भइरहेको बेलामा मन्त्रीले दिएको उक्त अभिव्यक्तिको हामी निन्दा र भर्त्सना गर्दछौँ । यति झुट बोल्ने व्यक्ति नैतिक रूपमा मन्त्री पदमा बसिरहन अनुचित हुने भएकाले तत्काल राजीनामा गर्न हाम्रो पार्टी माग गर्दछ । साथै, आफ्ना मन्त्रीको यस्तो गैरजिम्मेवार अभिव्यक्ति र व्यवहारप्रति संवेदनशील हुँदै उहाँलाई मन्त्री पदबाट बर्खास्त गर्न प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण गराउँछौँ,” विज्ञप्तिमा भनिएको छ ।

स्वास्थ्यमन्त्री खतिवडाले पूर्ववर्ती सरकारलाई बदनाम गर्नकै लागि अफवाह सिर्जना गरेको उनको आरोप छ । “कोभिड–१९ सम्बन्धी विभिन्न समयमा सरकारले जारी गरेका निर्देशिकाहरूले खोपको कालोबजारी, बिक्री–वितरण र दुरुपयोग गर्नुलाई गम्भीर अपराधका रूपमा उल्लेख गरेको छ । मन्त्री खतिवडाले खोप ऐन र कोभिड निर्देशिकामा उल्लेख भएका प्रावधानविपरीत गम्भीर अपराध गर्नुका साथै गलत सूचना सम्पे्रषण गर्ने र अफवाह सिर्जना गर्ने काम गरेर कोरोनाजस्तो संवेदनशील विषयमा अत्यन्तै गैरजिम्मेवार व्यवहार प्रदर्शन गर्नुभएको छ,” विज्ञप्तिमा भनिएको छ ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७८  १६:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro