site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जुत्ताचप्पल गोदाममा आगलागी हुँदा पाँचजनाको मृत्यु

दाङ । दाङको तुलसीपुर बजारमा रहेको जुत्ताचप्पल गोदाममा आगलागी हुँदा पाँचजनाको मृत्यु भएको छ । 

तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले घरमा मध्यराति भएको आलगागीमा पाँचजनाको मृत्यु भएको हो ।

लामो प्रयासपछि आगो नियन्त्रणमा लिएपछि मानवीय क्षतिबारे जानकारी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले जानकारी दिए । प्रहरीले चार पुरूष र एक बालिकाको शव निकालेको छ । शव अस्पताल पठाइएको छ ।

मृतकहरुको पहिचान भइसकेको छैन । प्रहरी नायब उपरीक्षक अर्यालका अनुसार मृत्यु हुनेमा १० वर्षीय एक बालक, १५ वर्षका दुई बालक र एक बालिका तथा करिब ५५ वर्षीय एक पुरुष छन् । 

आगो कम भएपछि साढे ७ बजे शव निकालिएको हो । घरको तेस्रो तलाबाट तीनजना र चौथो तलाबाट दुईजनाकाे शव निकालिएको हो । 

पाँचैजनाको निसास्सिएर मृत्यु भएको प्रहरीले बताएको छ । 

इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको हो ।

बिहान पौने २ बजे गस्तीमा गएको प्रहरीको टोलीले आगो लागेको देखेपछि नियन्त्रणका लागि प्रयास भए पनि करिब ५ घन्टापछि आगो नियन्त्रणमा आएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ २८, २०७८  ०८:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro