काठमाडौं । नेपाल सहकारी लिमिटेडको दर्ता प्रक्रिया अगाडि बढेको छ । प्रस्तावित बैंकका तदर्थ सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारीले अवधारणापत्र र सम्भाव्यता अध्ययनको विषयमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी तथा डेपुटी गभर्नरसमक्ष प्रस्तुतीकरण गरेको बताए ।
नेपाल राष्ट्र बैंकले तोकेअनुसारको सबै प्रक्रिया पूरा गरी प्रस्ताव तयार गरेको उनले बताए । प्रस्तावित बैंकका प्रमुख सल्लाहकार एवं आनन्द ढुंगानाले प्रस्तावित बैंक अपरिहार्य रहेको उल्लेख गर्दै दर्ता प्रक्रिया अविलम्ब अघि बढाउन आग्रह राष्ट्र बैंबलाई आग्रह गरे ।
छलफलमा नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीले चाडैनै प्रक्रिया अघि बढाउने अश्वासन दिएको तदर्थ समितिका अध्यक्ष पौडेलले बताए ।
प्रस्तावित बैंकले यसअघि गएको पुस २२ गते सहकारी विभागका रजिस्ट्रा र, उपरजिस्ट्रार लगायतका अधिकारीलाई अवधारणापत्र प्रस्तुत गरेको थियो । तदर्थ समितिका अध्यक्ष भण्डारीले अनुमतिपत्र पाएलगत्तै बैंक सञ्चालनमा आउने बताए ।
साढे दुई अर्ब रुपैयाँ चुक्ता पुँजी प्रस्ताव गरिएको नेपाल सहकारी सञ्चालनमा आएपछि यसलाई देशव्यापी रूपमा विस्तार गरिने उनको भनाइ छ ।
सहकारी ऐन २०७४ को दफा १२ मा सहकारी ले संस्था वा सङ्घको बचत स्वीकार गर्ने, त्यस्तो संस्था वा संघलाई ऋण प्रवाह गर्ने वा बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्य लिएर संस्था वा सङ्घ आपसमा मिलेर नेपाल राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिई सहकारी बैङ्कहरू गठन गर्न सकिने व्यवस्था गरिएको उनले बताए ।