देश
![सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई कारबाही हुने स्वास्थ्य मन्त्रालयको चेतावनी](https://12khari.top/uploads/posts/Health Ministery1630409883.jpg)
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्पत्ति विवरण बुझाउन बाँकी रहेका कर्मचारीलाई दुई दिनभित्र विवरण पठाउन निर्देशन दिएको छ ।
मन्त्रालय मातहतका कर्मचारीलाई पटक–पटक सूचना पठाउँदा समेत विवरण प्राप्त नभएको भन्दै दुई दिनको म्याद राखेर शुक्रबार पुनः सूचना जारी गरेको हो । यसअघि, गएको पुस २५ गते तीन दिनको म्याद राखेर मन्त्रालयले सोही व्यहोराको सूचना जारी गरेको थियो ।
समयमा विवरण नपठाउने कर्मचारीलाई नियमानुसार कारबाही हुने पनि मन्त्रालयले चेतावनी दिएको छ ।
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
प्रकाशित मिति: आइतबार, माघ २३, २०७८ १२:२६
प्रतिक्रिया दिनुहोस्