काठमाडौं । सीजी ब्रान्डअन्तर्गत ‘सीजी मेरिडिया’ प्रिमियम वासिङ मेसिन बजारमा आएको छ । सीजी मेरिडिया वासिङ मेसिन ‘स्पाकेयर’ र ‘स्टेरिलाइजेसन’जस्ता उच्च प्रविधिबाट तयार परिएको सीजी ब्रान्डको लक्जरी उत्पादनहरूमध्ये एक भएको जनाइएको छ ।
हालै बजारमा आएको यस सीजी मेरिडिया वासिङ मेसिनका विशेषताहरू ‘बी ड्राइभ इन्भर्टर मोटर’, ‘स्टेरिलाइजेसन’ र ‘स्पाकेयर’ भएको जनाइएको छ ।
सीजीले ब्रसरहित डाइरेक्ट करेन्ट मोटरलाई आफ्नै मौलिक नामकरण गरी राखेको यस ‘बी ड्राइभ इन्भर्टर मोटर’ प्रविधि धेरै विशेषताहरू बोकेको प्रविधि भएको दाबी गरेको छ ।
त्यसमा रहेको ‘स्टेरिलाइजेसन’ प्रोग्रामले कपडालाई ७० डिग्री तापक्रमको पानीमा आधा घण्टाभन्दा बढी धोएर कपडामा भएको ‘प्याथोजेनिक कीटाणु’लाई निष्क्रिय पार्ने जनाएको छ ।
त्यस्तै, ‘स्पाकेयर’ले कपडामा भएको ९९.९९ प्रतिशतभन्दा बढी कीटाणुलाई नाश गर्ने जनाइएको छ । कपडाको मुख्य सफाइभन्दा अघिल्लो चरणका लागि राखिएको यस विशेषताले पानीलाई मनतातो बनाउने र चिसो मौसममा पनि कपडा धुन सहज र आरमदायी बनाउने जनाइएको छ ।