site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
खोप नलगाएकै कारण अमेरिकाको एक अस्पतालले बिरामीको मुटुको शल्यक्रिया गरेन
SkywellSkywell

वासिङटन । कोभिडविरुद्धको खोप नलगाएकै कारण अमेरिकाको एक अस्पतालले एकजना बिरामीको मुटुको शल्यक्रिया गर्न अस्वीकार गरेको छ ।

३१ वर्षीय बिरामी डिजे फर्गुसनलाई नयाँ मुटु प्रत्यरोपण गर्नु अत्यन्तै जरुरी भइसकेको अवस्थामा पनि खोपको कारण वोस्टनस्थित ब्रिगम एन्ड विमिन्स अस्पतालले उनलाई शल्यक्रिया पाउने बिरामीको सूचीबाट हटाएको उनका पिता डेविडले बताएका छन् । 

Dabur Nepal
NIC Asia

डेविडले भनेका छन्, "कोभिड खोप आफ्नो आधारभूत सिद्धान्तविपरीत भएकाले मेरो छोरोले खोपै नलिएको हो ।"

तर, अस्पतालले पनि आफ्नो नीति नियम बाहिर जान नसक्ने बाध्यता प्रकट गरेको छ ।

अस्पतालले बीबीसीलाई बताएको छ, "प्रत्यारोपणका लागि आवश्यक अंगहरूको अभाबका बाबजुद पनि हामी अंग प्रत्यारोपित बिरामीको बाँच्ने सुनिश्चितताका लागि सकेजति प्रयास गर्दछौँ । शल्यक्रियाको सफलता र त्यसपछि पनि बिरामीको बाँच्ने आशा वृद्धिका लागि कोभिड १९ खोप र बिरामीको जीवनशैली व्यवहारलाई आवश्यकताको सूचीमा राखेको छौँ । किनकि तिनीहरूको रोग प्रतिरोधात्मक क्षमता निकै नाजुक अवस्थामा पुगेको हुन्छ ।"

बिरामीको गोपनियता कायम राख्न पाउने अधिकारलाई इंगित गर्दै अस्पतालले यस विषयमा थप विस्तृत कुरा गर्न चाहेन । तर, अस्पतालले आवश्यक मानव शरीरका विभिन्न अंगको अभावका कारण अंग प्रत्यारोपणका लागि प्रतिक्षाको सूचीमा रहेका एक लाख बिरामीमध्ये अधिकांशले आगामी पाँच वर्षभित्र पनि शल्यक्रिया गराउन नपाउने जनाएको छ । 

गो फन्डमिकाअनुसार वंशाणुगत मुटु समस्या रहेका फर्गुसन सन् २०२१ को २६ नोभेम्वरदेखि अर्थात् थ्यान्क्स गिभिङको सप्ताहान्तदेखि अस्पतालमा रहेका छन् भने मुटुको समस्याकै कारण उनका फोक्सोमा पनि रगत र पानी जम्ने गरेको छ ।

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  २२:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro