जनकपुरधाम । मधेश सरकारले बुधबार राष्ट्रिय सभा निर्वाचनका क्रममा विरोध गर्ने जनमत पार्टीका कार्यकर्तालाई कारबाही गर्न निर्देशन दिएको छ ।
बुधबार साँझ एक विज्ञप्ति जारी गरेर अर्थमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता शैलेन्द्रप्रसाद साहले पूर्वनिर्धारित विरोधका कार्यक्रम नभएपनि जनमतका कार्यकर्ताले 'संघातिक आक्रमण' गरेको भन्दै उनीहरूलाई कारबाही गर्न निर्देशन दिएका हुन् ।
जनमतका कार्यकर्ताले प्रदेश सभा सदस्य अशोक यादव, हरिवन नगरपालिका मेयर, उपमेयर, जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सतिश साहसहितका व्यक्तिहरूमाथि आक्रमण भएको उनले बताएका छन् ।
उनले सवारी साधनमा गरिएको तोडफोड घटनाको वास्तविक छानविन गरी सम्बन्धित जनप्रतिनिधि एवम् चिकित्सकलाई क्षतिपूर्ति उपलब्ध गराउन एवम् दोषीउपर कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।