काठमाडौं । लगातार चौथो कारोबार दिन पनि सेयर बजारमा गिरावट भएको छ । साताको पहिलो कारोबार दिन आइतबारबाटै घटिरहेको सेयर बजार परिसूचक नेप्से आज चौथो दिन बुधबार ३८.४२ अंकले घटेर २७७६.६५ अंकमा बन्द भएको छ । चार दिनसम्म लगातार घट्दा नेप्से आज २८०० को बिन्दुबाट तल झरेको हो ।
दिनभर तीव्र उताचढाव देखिएको नेप्सेमा सबै उपसूचकमा गिरावट भएको छ । बजार परिसूचकसँगै कारोबार रकम पनि सुस्ताउँदै गएको छ । आज बजारमा ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजारको कारोबार भएको छ ।
घट्दो बजारमा अपी पावरको सर्वाधिक करिब १७ करोडको कारोबार हुँदा अरूण भ्याली हाइड्रोपावरको साढे १३ करोड र अपर तामाकोशीको १० करोडको कारोबार भएको छ ।
आज नेप्सेमा १९० कम्पनीको सेयर कारोबार भएकोमा १७० कम्पनीको सेयर मूल्यममा गिरावट हुँदा १५ कम्पनीको सेयर मूल्य बढेको छ भने ५ कम्पनीको स्थिर रहयो । आज कारोबार भएकामध्ये विन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रोपावरको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द हुँदा सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ४.९७ प्रतिशत, सानिमा जनरल इन्स्योरेन्सको ४.०३ प्रतिशतले घटेको छ ।
यता पोखरा फाइनान्सको सेयरमूल्य सर्वाधिक ५.५९ प्रतिशतले गिरावट हुँदा सेन्ट्रल फाइनान्सको ४.२८ प्रतिशत र मानुषी लघुवित्तको सेयर मूल्य ४.२४ प्रतिशतले घटेको छ ।