site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माओवादी महासचिवमा कसलाई रोज्लान् प्रचण्ड, वर्षमान कि जनार्दन ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन ‘अन्तत’ चार महिना लामो उपचारपछि सोमबार स्वदेश फर्किए । स्वदेश फर्किएलगत्तै पुनले आफू पार्टीको महासचिवको आकांक्षी रहेको बताए ।

यति मात्रै होइन, उनले पदका लागि निर्वाचन भए आफू त्यसका लागि पनि तयार रहेको बताए । पुनको संकेत प्रष्ट रूपमा नेता जनार्दन शर्मालक्षित थियो ।

पुनले भने, “सहमति जुट्न सकेन भने प्रक्रिया होस्, त्यसमा म फेस गर्न चाहन्छु । पार्टी अध्यक्ष र नेताहरूलाई मैले उतैबाट पनि भनेको थिएँ ।”

Prabhu Bank
Agni Group
NIC Asia

पुनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै महासचिवको दाबी प्रस्तुत गरेसँगै पार्टीभित्रको राजनीतिक सरगर्मी सुरु भएको छ । उनले नेताहरूको भेटघाट पनि सुरु गरिसकेका छन् ।

माओवादी केन्द्रको महाधिवेशनले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मतिले अध्यक्ष बनाइसकेको छ । अरू पदको टुंगो छैन । केन्द्रीय समितिबाटै पदाधिकारी चुनिने व्यवस्था माओवादी विधानमा छ ।

Global Ime bank

माओवादी केन्द्रमा सात उपाध्यक्षसहित १५ पदाधिकारी हुनेछन् । उपाध्यक्षको चर्चा कम छ । तर, पार्टीको शक्तिशाली पद मानिएको महासचिवमा व्यापक चासो देखिन्छ ।

जनार्दन शर्माले पनि आफू महासचिवका लागि योग्य रहेको बताउँदै आएका छन् । तर, उनले निर्वाचनै लड्ने भने बताएका छैनन् । पुनले आफू निर्वाचनमा पनि जान तयार रहेको बताउँदा माओवादी महासचिव पदमा निर्वाचन हुने संकेत देखिएको छ ।

निर्वाचन भएमा केन्द्रीय सदस्यले मात्रै मतदान गर्नेछन् । पछिल्लो समय माओवादी केन्द्रभित्र वर्षमान र जनार्दनले आफूलाई एकार्काका प्रतिस्पर्धी मान्ने गरेका छन् । तल्लो तहसम्म दुवै नेताका गुट छन् ।

त्यसो त अरू नेताले पनि महासचिवमा इच्छा देखाएका छन् । तर, सक्रियताका हिसाबले वर्षमान र जनार्दन नै महासचिवका बलिया दाबेदार हुन् ।

कस्तो छ वर्षमान र जनार्दनको अवस्था ?
महासचिवका दुवै आकांक्षी पुन र शर्मा माओवादीले सञ्चालन गरेको युद्धका दुई कमान्डर हुन् । युद्धकालमा जनार्दनभन्दा वर्षमान नै प्रचण्डका विश्वासपात्र थिए ।

हक्की स्वभावका शर्मा पार्टीभित्र आफूलाई चित्त नबुझेको कुरा राख्न सक्ने नेता मानिन्छन् भने वर्षमान कूटनीतिक नेताका रूपमा चिनिन्छन् ।

प्रचण्डसँगको युद्धकालदेखिको विशेष सम्बन्धका कारण वर्षमानले महासचिवमा बाजी मार्ने कतिपयको आकलन छ । तर, प्रचण्डले कसलाई समर्थन गर्छन् खुलिसकेको छैन् । महासचिवबाट दुवै नेता पछि हट्ने मनस्थितिमा देखिँदैनन् ।

खासमा यो महासचिवको लडाइँ मात्रै नभएर भविष्यमा प्रचण्डको उत्तराधिकारी को बन्ने भन्ने लडाइँ भएको माओवादीकै नेताहरू बताउँछन् । त्यसैले पनि महासचिवको लडाइँ पेचिलो हुने देखिन्छ ।

माओवादी आधार इलाकाका दुई नेताबीच निर्वाचन भएमा कसको पल्ला भारी छ भन्ने अनुमान लगाउन कठिन छ । तर, प्रचण्डको ‘ग्रिन सिग्नल’ पाउने व्यक्ति नै बलियो हुनेछ । दुवै नेताहरूको गुट पूर्वदेखि पश्चिमसम्म छ । खासगरी पूर्व र पश्चिममा जनार्दन समूह बलियो मानिन्छ भने उपत्यका, लुम्बिनी प्रदेशमा वर्षमान समूह बलियो छ । मधेस प्रदेशमा दुवै नेताको प्रभाव कम छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नम्बर–१ मा जनार्दन समूहका कार्यकर्ता बढी भएको बताइन्छ ।

प्रदेश–१ मा भएको पार्टीको अधिवेशनबाट जनार्दन समूहका नेता निर्वाचित भएका थिए भने वाग्मती प्रदेशको नेतृत्व वर्षमाननिकटका नेताले हत्याएका थिए । दुवै प्रदेशमा निर्वाचनबाट प्रदेश अध्यक्ष छानिएको हो ।

नेकपा (माओवादी केन्द्र)मा पछिल्लो समय तीन गुट छन् । एक गुटको नेतृत्व नारायणकाजी श्रेष्ठले गर्छन् भने बाँकी दुई गुटको नेतृत्व जनार्दन शर्मा र वर्षमान पुनले गर्छन् । शर्मा र पुनको तुलनामा श्रेष्ठको गुट कमजोर छ । उनको देशव्यापी गुट छैन ।

नारायणकाजीले पार्टीभित्र भागबन्डाका लागि गुट बनाएका हुन् । उनको प्रभाव पार्टी संगठनमा छैन । माओवादी नेताहरूका अनुसार प्रचण्डले चाहेसम्म श्रेष्ठले अवसर पाइरहन्छन् ।

युद्धकालीन नेता जनार्दन र वर्षमान दुवै प्रचण्डका प्रिय पात्र हुन् । जनस्तरमा जनार्दनको प्रभाव छ भने पार्टी संरचनामा वर्षमान हावी देखिन्छन् ।

माओवादीकै नेताहरूका अनुसार वर्षमान कूटनीतिक छन् । उनले प्रचण्डलाई के मन पर्छ त्यही गर्छन् । तर, जनार्दन हक्की स्वभावका छन् । उनी माओवादीभित्र प्रचण्डसँग सवाल–जवाफ गर्ने नेता हुन् । अरूले प्रचण्डको आलोचना गर्ने हिम्मत नै गर्दैनन् ।

पछिल्लो समय पार्टीका विभिन्न जनवर्गीय संगठनमा दुवै नेताको प्यानल नै बन्ने गरेको छ । हरेकजसो संगठनमा यी दुई नेताको लाइन छ ।

०७५ जेठ ३ गते नेकपा (एमाले) र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेकपा बन्यो । झन्डै दुईतिहाइ मत एमाले–माओवादी गठबन्धनले प्राप्त गरेको थियो ।

केपी शर्मा ओलीले संसद् विघटन गरेपछि नेकपामा विवाद बढ्दै जाँदा अन्ततः सर्वोच्च अदालतले ०७७ फागुन २३ गते एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काइदिएको थियो ।

पूर्ववत् अवस्थामा फर्किएको माओवादी केन्द्र यति बेला एक्लै निर्वाचनमा जान डराएको देखिन्छ । प्रचण्डले निर्वाचनमा अहिलेको सत्तारूढ गठबन्धनसँग मिलेरै जाने बताइरहेका छन् ।

यस्तोमा पार्टीभित्र जनताका बीचमा लोकप्रिय नेतालाई जिम्मेवारी दिनुपर्ने दबाब बढ्दो छ । पुन र शर्मा पटक–पटक मन्त्री भइसकेका छन् । शर्मा अहिले पनि अर्थमन्त्री छन् । ऊर्जामन्त्री हुँदा शर्माको कार्यकाल चर्चामा थियो । सोही चर्चापछि जनार्दनको लोकप्रियता बढ्दै गएको कतिपयको बुझाइ छ ।

नेकपा विघटनपछिको माओवादीमा महत्त्वपूर्ण मानिने संगठन विभागको जिम्मेवारी जनार्दन शर्मालाई दिइएको थियो । वर्षमानलाई अर्थ तथा योजना विभाग प्रमुखसँगै केन्द्रीय कार्यालय इन्चार्जको जिम्मेवारी दिइएको थियो । दुवै विभाग माओवादीका महत्त्वपूर्ण विभाग हुन् ।

माओवादीभित्रको आन्तरिक समीकरणमा वर्षमानको पकड बलियो मानिन्छ । तर, पार्टीभित्रै उनीमाथि पनि बेला–बेला प्रश्न नउठेका होइनन् । वर्षमानलाई पार्टीभित्र परिवार मोहमा फसेको आरोप पनि लाग्ने गरेको छ । पछिल्लो समय परिवारवादमा फसेको आरोप जनार्दनमाथि पनि छ ।

यस्तोमा महासचिवमा बाजी कसले मार्लान् सबै प्रचण्डको हातमा छ । प्रचण्ड दुई नेताबीच चुनाव नहोस् भन्ने चाहन्छन् । तर, कतिपय नेताहरू प्रचण्डले वर्षमानलाई नै अन्तिम समयमा महासचिवमा प्रस्ताव गर्ने सम्भावना रहेको बताउँछन् । यस्तो अवस्थामा जनार्दन र वर्षमानबीच झन् टकाराव बढ्ने देखिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८  १२:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement